latest
एलिना र बिष्णु बीच दोश्रो चरणको लडाई शुरु  ||    Breaking: न्यायाधीश भरत लम्सालले दिए राजीनामा  ||    कांग्रेस एमाले गठबन्धन ढालेर कोइरालालाई प्रधानमन्त्री बनाउने गरी गृहकार्य भइरहेको छ: अमरेशकुमार  ||    प्रचण्डलाई शेखरले भने– पहिला सरकार ढाल्ने प्रयास गर्नुस्, त्यसपछि नयाँ खेलहरू सुरु हुन्छन्  ||    केहिदिन भित्र ढल्दै ओली सरकार, शेखर कोइरालालाई प्रधानमन्त्री बनाउने तयारि  ||    एमाले नेत्री विद्या भण्डारीले अध्यक्षको कुर्सि चिप्लाईदिने देखेपछी ओलीले यसो भन्छन-  ||    वडाध्यक्षले ९ जना युवा लगेर कुट्दा ठेकेदारका भाचिए २ वटा दात  ||    ५ बर्षको लभ गरेर विवाह, अहिले दाईजोमा ६० लाख २० तोला सुन, एउटा कार र राजमार्गमा पर्ने जग्गा माग्दै !  ||   
शनिबार , साउन ४, २०८२

दुइ तिहाईको बलियो जगमा उभिएको केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार ढल्ने दिशा उन्मुख भएको छ । ओली सरकारका मन्त्रिहरु घुस काण्डमा मुछिएर बदनाम भएको बेला ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘काउन्टर’ दिने गरी नयाँ राजनीतिक ध्रुवीकरणको प्रयास भएको छ ।

स्रोतका अनुसार कांग्रेस नेता शेखर कोइरालालाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेर नयाँ मोर्चाको कसरत भएको हो ।


पूर्वराष्ट्रपति विद्या भण्डारी, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितको ‘नयाँ पोल’ बन्न लागेको हो ।

यही समीकरणको प्रयासस्वरूप शेखर कोइरालाले बिहीवार प्रचण्डसँग लामो भेट गरेका थिए ।

कोइरालाले शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि लामो छलफल गरेका छन् । शेखरले शुक्रवार बिहान विद्यासँग ९ देखि १० बजेसम्म एक घण्टा लामो वार्ता गरेका थिए ।

यी सबै मिटिङमा कांग्रेस पृष्ठभूमिका स्वतन्त्र सांसद अमरेश कुमार सिंह पनि सहभागी रहेको स्रोतको दाबी छ ।

वर्तमान सरकार राष्ट्रका समस्या समाधान गर्न असफल भएको निष्कर्षसहित नयाँ गठबन्धनको प्रयास भएको हो ।

यस्तै, प्रयासबाट २ वर्षअघि कोशी प्रदेशमा शेखर समूहका केदार कार्की मुख्यमन्त्री बनेका थिए ।

सरकार नै गठन गर्ने लक्ष्य राखे पनि तत्काललाई नयाँ राजनीतिक समीकरणले सरकारका गलत कामको पर्दाफास गर्ने र उस्तै परे सडकमा आन्दोलन गर्नेसम्मको रणनीति बनाउने स्रोतको दाबी छ ।

सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी भण्डारीलाई रोक्न एमाले सचिवालय बैठकले निर्णय गरेको पृष्ठभूमिमा नयाँ राजनीतिक समीकरणको प्रयास भएको हो ।

गठबन्धनमा भर्खरै सरकारलाई दिएको समर्थन फिर्ता गरेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई समावेश गराइने छ भने रास्वपालाई समेत समेट्ने प्रयास हुँदैछ ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकार ढाल्नका लागि प्रयास गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन् । बिहीबार प्रचण्ड निवास खुमलटारमा भएको भेटका क्रममा कोइरालाले प्रचण्डलाई यस्तो सुझाव दिएका हुन् ।

स्रोतका अनुसार छलफलका क्रममा प्रचण्डले जनताको आशा कोइरालामा रहेको बताएका थिए । तर, संसदीय दलको नेता शेखर नभएको प्रसङ्ग प्रचण्डले उप्काएका थिए । त्यसपछि शेखरले प्रचण्डलाई भने, ‘पहिला यो गठबन्धन सरकार प्रमुख प्रतिपक्षी दलको नेता भएकाले ढाल्ने प्रयास गर्नुस् न । त्यसपछि पो नयाँ खेलहरू सुरु हुन्छन् । दलको नेता, प्रधानमन्त्री को बन्ने र कसरी अघि बढ्ने भन्ने कुरा हुन्छ ।’

दिउँसो तीन बजेदेखि पाँच बजेसम्म दुई घण्टा भएको छलफलमा प्रचण्डले कोइरालालाई भनेका थिए, ‘जनताको आशा तपाईंसँग छ । तर, कांग्रेसमा दलको नेता नभई प्रधानमन्त्रीको उम्मेदवार हुन सकिन्न । तपाईं दलको नेता बन्न सक्नु भएन ।’

त्यसपछि कोइरालाले वर्तमान एमाले– कांग्रेस गठबन्धन रहँदासम्म आफू दलको नेता बन्न नसक्ने बताएको स्रोतको भनाइ छ । कोइरालाले भेटमा कांग्रेस र एमाले मिलेर बलियो गठबन्धनको सरकार बनाउने भनेर आफू नै लागेको समेत बताएका थिए ।

तर, त्यस्तो सरकार बने पनि जनताले एक वर्षसम्म आशा गर्ने ठाउँ नपाएको उनको भनाइ थियो । जवाफमा प्रचण्डले आफूले सुशासनका लागि काम गर्दागर्दै गर्न नदिइएको धारणा समेत राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय