नकपुर — गजेन्द्र नारायण सिंह अस्पतालका निर्देशक डा. प्रकाश प्रसाद साहले आफ्नै पदको दुरुपयोग गर्दै महिला स्वास्थ्यकर्मीलाई यौन प्रस्ताव गरेको अडियो सार्वजनिक भएको छ।
अस्पतालको जागिर, समितिको स्थायी दरबन्दी र ‘यहाँबाट कहिल्यै निकालिँदैन’ जस्ता प्रलोभन देखाउँदै उनले महिला कर्मचारीलाई शारीरिक सम्बन्ध राख्न दबाब दिएको अडियो बाहिरिएको हो।
अडियो ८ मिनेट ५१ सेकेन्ड लामो छ। अडियोमा डा. साहले अस्पतालमा नयाँ भर्ना भएकी महिला कर्मचारीलाई बारम्बार यस्तै भनिरहेको सुनिन्छ—
“इन्टिमेसी छ भने धेरै कुरा हुन्छ…”
“तिमीलाई म पर्सनली मन परेकी… I like you so much…”
“हाम्रो रिलेसन हुन्छ? दुख–सुख साटिन्छ?”
उमेर नमेल्ने भए पनि आफूलाई उनलाई अत्यधिक मन परेको भन्दै उनले मन्त्रीस्तरिय पदको अधिकार प्रयोग गरेर जागिर दिलाउने आश्वासन दिएको अडियोमा स्पष्ट सुनिन्छ।
डा. साहले समिति (कन्ट्र्याक्ट) को जागिरलाई
“स्थायी जस्तै, कहिल्यै ननिकालिने” भनेर झाँसे दिएर युवतीलाई आकर्षित गर्ने प्रयास गरेको सुन्न सकिन्छ।
अडियोको सुरुतिर निर्देशक साह भन्छन्—
“राति म्यासेज गर्या, रिप्लाई आएन। सुतिसकि भनेर बिहानै फोन गरेको।”
यसपछि उनले युवतीलाई ‘हेर्नका लागि भोलि आउनू’ भन्दै भेट्ने प्रस्ताव राखेको पनि छ।
अडियोभरि युवती अधिकांश समय चुपचाप वा हल्का हाँस्ने मात्र सुनिन्छ, तर साह फुत्का रूपमा निरन्तर प्रस्ताव अघि बढाइरहेका छन्।
डा. साहले स्वर आफ्नै भएको माने, तर दाबी भने यस्तो गरे—
“मैले आफ्नै श्रीमतीसँग बोलेको कुरा रेकर्ड गरेका रहेछन्।”
स्वास्थ्य मन्त्री डा. सुधा शर्माले मंगलबार मन्त्रीस्तरिय निर्णयमार्फत डा. साहलाई
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडा मा सारुवा गरेकी थिइन्।
तर—
बुधवारै
त्यो निर्णय खारेज
डा. साहलाई पुनः जनकपुरकै गजेन्द्र नारायण सिंह अस्पतालमै यथावत् राख्ने निर्णय जारी भयो।
यसले मन्त्रालयभित्रै ‘साहलाई शक्तिशाली संरक्षण’ मिलेको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ।





