काठमाडौँ। काठमाडौँको शंकरदेव क्याम्पस नजिकै एक जनामाथि चक्कु प्रहार भएको छ।

काठमाडौं प्रहरी परिसर का प्रहरी नायब उपरीक्षक कौशल बुढाथोकीका अनुसार क्याम्पस आसपास क्षेत्रमा विवादका क्रममा एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गरिएको हो।



घाइतेको बागबजारस्थित मोडेल अस्पताल मा उपचार भइरहेको छ। उनको अवस्था सम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय