latest
बजेट सक्दो सन्तुलितरुपमा ल्याइएको छ : प्रधानमन्त्री  ||    रामहरिलाई प्रधानमन्त्रीको जवाफ- सबै जिल्ला सदरमुकाममा पक्की बाटो पुर्‍याउँछु  ||    कांग्रेस-एमाले गठबन्धनको औचित्य सकियो, समर्थन फिर्ता लिन्छौं : उपेन्द्र यादव  ||    वीरेन्द्रनगरमा ४ अर्ब ३८ करोडको बजेट प्रस्तुत, पूर्वाधार र सेवामा जोड  ||    रास्वपाबारे प्रचण्डले भने– अहिले कुनै टिप्पणी गर्दिन, पछि सबै थाहा पाउँछ  ||    आगामी आर्थिक वर्षमै मिथेन ग्यासको व्यवसायिक उत्पादन सुरू हुन्छ : प्रधानमन्त्री  ||    प्रचण्डले भने– रास्वपा र रविमाथि अन्याय नहोस् भनेर अन्तिमसम्म लागेँ, अझै लाग्छु  ||    Breaking: कोरोना संक्रमणबाट १ जनाको मृत्यु  ||   
मंगलबार , असार १०, २०८२

भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको दर्दनाक सवारी दुर्घटनामा परेर ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइरालाको ज्यान गयो । चिसंखुगढी गाउँपालिकास्थित खहरेतलुवाका कोइराला बा३९प ८९४४ नम्बरको स्कुटरमा गठ्ठाघरतर्फ जाँदै थिए ।

सोही दिशातर्फ जाँदै गरेको ना६ख २१७३ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा कोइरालाको दुर्घटनास्थलमै ज्यान गएको हो । ट्रकको अगाडिको टायरले ठक्कर दिएका कोइराला ट्रकभित्र छिरेका थिए ।

ट्रकले केहीबेर घिसार्दा पछाडिको टायरसम्मै पुगेका थिए । उनको एउटा खुट्टाबाहेक अन्य पूरै भाग किचिएको थियो । ट्राफिक प्रहरीको चेकिङका क्रममा कोइराला दुर्घटनामा परेको भन्दै स्थानीयले सडक नै अवरुद्ध गरेका थिए ।

बिहीबार दुर्घटनापछि गठ्ठाघरको अवस्था तनावग्रस्त बनेको थियो । बिहीबार साँझ नै पक्राउ परेका ट्रक चालक श्रेष्ठमाथि प्रहरीले सोधपुछ थालिसकेको छ । चालक श्रेष्ठले भने आफूले स्कुटर चालक आफ्नो अगाडि आएको नदेखेको बयान दिएका छन् ।

चालक श्रेष्ठको भनाइ उद्धृत गर्दै भक्तपुरका एसपी विष्टले भने, “मैले स्कुटर मेरो अगाडि आएकै देखिनँ । म आफ्नै गतिमा थिए । मैले गल्ती चलाए जस्तो लाग्दैन । चक्काभित्र छिरेको नै थाहा नहुँदा घिस्रिन पुग्यो । स्कुटर चालकले दायाँ साइडबाट बायाँ च्याप्दा ‘स्लो’ चलाउँदा चक्काभित्र छिरेजस्तो लाग्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय