काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलाको ६०० रुपैयाँले वृद्धि भएर २,३८,४०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन बिहीबार सुनको मूल्य तोलाको २,३७,८०० रुपैयाँमा रहेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला ३,१०० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ३,२०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार प्रति १० ग्राम सुन २,०४,३९० रुपैयाँ र प्रति १० ग्राम चाँदी २,५८९ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय