
जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की श्रीमती मृत भेटिएकी छन् ।
विवाह भएको ६ महिनामै मंगलबार बिहान चर्चित कलाकार ‘कलकतियाबाली’ श्रीमती अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी धनुषा प्रहरीले जनाएको छ ।
गत माघ महिनामा अन्तरजातीय विवाह गरेका अभिनास झाले गृह प्रवेश पनि गरेका थिए । पूजाआजा गर्दै गृह प्रवेश गरेका दुवै जोडी समाजिक सँजालमा खुसी देखिएका थिए । अचानक सोमबार राती अँसा सदा नोचापुरस्थित मृत अवस्थामा फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, यो घटना सोमबार रातीकै रहेको पुष्टि गरेको छ । अँसा सदाको माईती पक्ष नआएको कारणले अगाडीको प्रक्रिया गर्न नसेकेको प्रवक्ता बरुण बहादुर सिँहले जानकारी दिए ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ र २० को बीचमा रहेको नोचा पोखरी नजिकैको नोचपुरस्थित सुटिँग स्थलमा भीड भएको छ । अन्तरजातीय विवाह गरेर चर्चामा आएका कलाकार अभिनास झा यसकारे स्पष्ट वक्तत्व दिन सक्ने अवस्थामा देखिएनन् ।
अहिले प्रहरीको टोली सो स्थानलाई नियन्त्रणमा लिएर मुचुल्का प्रक्रिया अगाडी बढाएको छ ।सुटिङ सेटमा रहेका सबै डिभाइस प्रहरीले आफ्नो नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।
माईती पक्ष आएपछि पोष्टमार्टमको प्रक्रिया अगाडी बढने जनाइएको छ । जानकारी अनुसार उनी आत्महत्या गरेकी हुन् । यद्यपी, प्रहरीले यसलाई बिना पोष्टमार्टमको पुष्टि नगर्ने बताएको छ । यसबारे अनुसन्धान तीव्र बनाईएको छ ।
कलाकार अविनास झा र अँसा सदाबीच करिब १० ११ दिनदेखि तनाव चल्दै आएको थियो । फेसबुकमा दिन्हुँ रिल्स, भिडियो अपलोड गर्ने दुवै जनाको भिडियो अन्तिम गत १३ जुन २०२५ अर्थात जेठ ३० गतेको मात्र पोष्ट भएको देखिएको छ । त्यसपछि यो अन्तरालमा उनीहरुको सँगैको भिडियो हालिएको देखिएको छैनन् । दिनहुँ भिडियो हाल्ने दुवैजनाले भिडियो हाल्न बन्द गरेपछि उनीहरुबीचको यो समय तनाव भएको हुन सक्ने आशंका गरिएको छ ।