काठमाडौं — नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले कडा चेतावनी दिएका छन्। जेन–जी आन्दोलनको छानबिनका लागि गठित आयोगले यदि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलायो भने लाखौँ कार्यकर्ता सिंहदरबारमै छिर्न तयार हुने उनले दाबी गरेका छन्।

बस्नेतले फेसबुकमा ओलीसँगैको फोटो पोस्ट गर्दै लेखेका छन्—“रवि लामिछानेलाई जस्तै ओलीको बयान लिन जाँचबुझ आयोगले बोलायो भने लाखौँ कार्यकर्ता सिंहदरबार छिर्छन्।”

भदौ २३–२४ मा भएको जेन–जी आन्दोलन र त्यसपछि देशभर चलेको विध्वंशको छानबिनका लागि गठन गरिएको आयोग अहिले लगातार बयान लिने क्रममा छ। आयोगले पूर्वप्रधानमन्त्रीको हैसियतले ओलीलाई र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई समेत बोलाउने तयारी गरिरहेको छ।

पूर्वप्रधानमन्त्री ओलीले भने आयोगको वैधानिकतामै प्रश्न उठाउँदै बयान दिन नमिल्ने अडान लिँदै आएका छन्।
उनले यसअघि नै भनेका थिए—
“असंवैधानिक आयोगलाई म वैधानिकता दिँदैन।”

महेश बस्नेत एमालेभित्र ‘स्ट्रीट–मोबिलाइजेसन’ का लागि चिनिने कठोर नेता मानिन्छन्। उनी खुला चेतावनी दिँदै भनेका हुन्—
“ओलीलाई बयानमा तानियो भने, पार्टीका लाखौँ कार्यकर्ता चुप लागेर बस्दैनन्।”

रवि लामिछाने, रमेश लेखक, प्रहरी अधिकारी, प्रदर्शनकारीको बयानपछि अब आयोग ‘टप–लेभल’ नेतातर्फ मोडिँदै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय