काठमाडौं । नेपालमा आज (शनिबार) बिहानदेखि चक्रवात ‘मोन्था’को प्रभाव अन्त्य भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्ला केही दिन देशभर लगातार वर्षा गराएको उक्त चक्रवात अब निष्क्रिय भइसकेको महाशाखाले बिहान ८ बजे जारी बुलेटिनमार्फत् पुष्टि गरेको हो।

अब देशमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणाली मात्र सक्रिय रहेको विभागले जानकारी दिएको छ।

गत बुधबारदेखि मोन्थाको प्रभावले नेपालभर वर्षायामकै जस्तो निरन्तर पानी परिरहेको थियो। आजदेखि भने चक्रवातको सीधा असर समाप्त भए पनि पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना यथावत् रहेको छ।

आज दिनभर कहाँ–कहाँ वर्षा सम्भावना ?

महाशाखाका अनुसार आज दिउँसो—
बागमती, गण्डकी र लुम्बिनी का केही स्थानमा
कोसी र मधेश का थोरै स्थानमा
कर्णाली का एक–दुई स्थानमा
हल्का वर्षा हुन सक्छ।

त्यसैगरी—कोसी, बागमती र गण्डकी का उच्च पहाड तथा हिमाली भूभागमा मध्यम हिमपात
कर्णाली का उच्च पहाड तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाले रातिदेखि वर्षा र हिमपात हुने क्रम ह्वात्तै घट्ने आकलन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय