latest
सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै  ||    एमाले नेता टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान-  ||    प्रधानमन्त्री ओलीले गरे जिबन कै सबै भन्दा ब्यबहारिक कुरा  ||    काठमाडौँको टोखामा इनड्राइभ राइडरको मृत्यु, चालक को मृत्यु भैसके पछी यसो भन्छ इनड्राइभ-  ||    मन्त्री गुप्तालाई लक्षित ‘घुस काण्ड’ अडियो लिक, आधा करोडसम्म मागिएको खुलासा  ||    लोक सेवा आयोगको परिक्षा दिन पुगेकी श्रीमतीलाई साथ गएका जनक बाटोमै अस्ताए  ||    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश  ||    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु  ||   
शनिबार , असार २८, २०८२

सोमबार (आज) बिहान फेसबूकमा ‘अलबिदा’ लेखेर गायब भएका डा. केशव श्रेष्ठ अन्तत: सकुशल भेटिए। उनलाई प्रहरीले तारकेश्वर नगरपालिका ३ स्थित श्रीनाथ बुटिक रिजोर्टमा भेटाएको हो।

उनले फेसबूकमा ‘अलबिदा’ शीर्षकमा लामो एक स्टाटस लेखेर मोबाइल पनि अफ गरेका थिए। उनले लेखेका स्टाटस धेरैले साझेदारी पनि गरेका थिए भने मिडियाहरूले समाचार बनाए। यसपछि प्रहरीले पनि थाहा पायो र खोजी कार्यमा जुट्यो, अन्तत: उनी भेटिए।


रिजोर्टका म्यानेजर राकेश लोहारका अनुसार डा. श्रेष्ठ बुलेट बाइक चढेर बुटिक पुगेका थिए। ‘उहाँ बिहान साढे १० देखि ११ बजेको बीचमा यहाँ आउनुभएको थियो, उहाँ बुलेट बाइक चढेर यहाँ आउनुभएको थियो,’ लोहारले भने।

उनका अनुसार डा. श्रेष्ठले त्यहाँ कफी पिएका थिए। ‘तर, उहाँ केही बोलिरहनुभएको थिएन। कफीचाहिँ पिउनुभयो एक कप, थप कुरा गर्नुभएको थिएन। तर, बस्नचाहिँ लामै समय बस्नुभयो,’ उनले भने।

म्यानेजर लोहारका अनुसार डा. श्रेष्ठ मात्रै सुरुमा रिजोर्ट पुगेका थिए। तर, पछि उनका ४/५ जना साथीहरू पनि थपिएका थिए। ‘सुरुमा उहाँ मात्रै यहाँ आउनुभएको थियो। पछि केही साथीहरू होलान्, आए। अनि पछि त प्रहरी पनि आयो र प्रहरीले साथमा लिएर गएको छ,’ उनले भने।

त्यसो त डा. श्रेष्ठले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा आफू ‘आत्महत्या’कै लागि हिँडेको बताएको जनाइएको छ। तर, रिजोर्टमा भने त्यसखाले कुनै गतिविधि नदेखाएको म्यानेजर लोहारले बताए।

डा. श्रेष्ठले १८ महिना रामेछाप जिल्ला अस्पतालको सुपरिटेन्डेन्ट भएर काम गरेका थिए। तर, राजनीतिकरण गरेर आफूलाई काम गर्न नदिइएको उनले स्टाटसमा उल्लेख गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय