अमेरिका — अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकारी शटडाउन का कारण भोलिदेखि देशभर सयौँ–हजारौँ उडान रद्द हुने भएका छन्।
फेडरल एभिएशन अथोरिटी (FAA) को निर्देशनपछि एयरलाइन्सहरूले उडान रद्द गर्ने घोषणा गरेका हुन्।
सरकारी शटडाउनका कारण—
एयर ट्राफिक कन्ट्रोलरहरूको तलब रोकिएको
ठूलो संख्यामा कर्मचारी ड्युटीमा नआएको
स्टाफ अत्यन्तै कम भएको
यसले गर्दा धेरै अमेरिकी विमानस्थलहरूमा एक महिनादेखि निरन्तर ढिलाइ हुँदै आएको छ।
FAA ले चेतावनी दिएपछि एयरलाइन्सहरूले भोलिदेखि सयौँ उडान रद्द गर्न थालेका छन्।
अमेरिकी यातायात मन्त्री सीन डफीका अनुसार—
यदि शटडाउन तत्काल अन्त्य नभए
४० प्रमुख विमानस्थल
१०% सम्म उडान बन्द
दैनिक ३,५००–४,००० उडान रद्द
हुने प्रक्षेपण गरिएको छ।
अन्तर्राष्ट्रिय उडान भने हालका लागि अप्रभावित रहने अमेरिकी मिडियाको दाबी छ।
हेदर बोश, बोस्टनका लागि उडान रद्द भएपछि भन्छिन्—“पहिलो उडान ढिलाइ, त्यसपछि रद्द। अर्को उडानमा राखे, त्यो पनि ढिलाइ। अब म विकल्प खोज्दैछु।”
सीएनएनसँग कुरा गर्दा उनले भने—
“कार भाडामा लिएर जाने कि?
होटल खोज्ने?
परिवारलाई राति नआउलाजस्तो लागेर खबर गर्ने?
धेरै योजना बनाउनुपरेको छ।”
अर्की यात्रु जुली चार्नेट भन्छिन्—
“आज राति नै उडेकोमा भाग्यमानी ठहरिएँ। भोलि भएको भए त माझस्तै यात्रुहरू सयौँ उडान रद्दको तालिकामा परिन्थ्यो।”





