रुपन्देही – बुटवल मिलन चोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एन्ड लजमा आज एक पुरुषको शंकास्पद अवस्थामा मृत्यु भएको छ।

बुटवल मिलन चोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एन्ड लजमा एक महिलासहित पुगेका बुटवल –६ चाँदबारीका ५६ वर्षीय सतिशकुमार क्षेत्रीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार, होटलमा आज दिउँसो दुई बच्चासहित पुगेका उनीहरूले होटलको दोस्रो र तेस्रो तलामा दुईवटा रुम बुकिङ गरेका थिए ।

डीएसपी इन्द्रबहादुर रानाका अनुसार, “माथिल्लो तलाको कोठामा मासु र मदिरा सेवन गरेपछि उनीहरू तल्लो तलामा बसेको खुलेको छ। मृत्युको वास्तविक कारण हाल अनुसन्धान भइरहेको छ।”

उनीहरूले कोठामा नै खाजा मगाएर खाएका र क्षेत्री बेहोस भएको भन्दै उनीसँगै गाएकी महिलाले सञ्चालकलाई जानकारी गराएको प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा भनेका छन् ।

दुई बच्चासहित बुटवल–२ पाखापानीकी ३० वर्षकी सुनार थरकी महिला र ती पुरुष होटलमा बसेको खुलेको रानाले बताए । बाहिरी चोटपटक नभएकाले मृत्युको कारण खुल्न नसकेको उनले बताए ।

क्षेत्रीलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । बाहिरी चोटपटक केही नभएको र मृत्युको कारणबारे अनुसन्धान भइरहेको डीएसपी रानाले बताए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय