काठमाडौँ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मध्यराति पोस्ट गरेको र केही मिनेटमै हटाएको स्टाटस अहिले राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालमा सबैभन्दा ठूलो रहस्य, विवाद र जिज्ञासाको विषय बनेको छ।

स्टाटसमा उनले अमेरिका, भारत, चीन जस्ता महाशक्तिहरूको नाम लिएर कठोर शब्द प्रयोग गरे । साथै उनले एमाले, काँग्रेस, माओवादी, रास्वपा, राप्रपा सबै दललाई एकै पटक गालीमिश्रित सन्देश पठाए ।

स्टाटस डिलिट भइसके पनि, यसको अर्थ के हो? कसलाई के भन्न खोजियो? त्यस्तो बोल्न मेयरलाई कसले उक्सायो? भन्ने प्रश्नले व्यापक चर्चा पाएको छ।

मेयर बालेनले भन्न खोजेको सब्दिक अर्थ : “सबै असफल, म मात्र वैकल्पिक”

बालेनको स्टाटसको सब्दिक भाव यस्तो देखिन्छ :
पुराना दलहरू अक्षमता र भ्रष्टतामा डुबेकाले देश बिग्रिएको छ
बाह्य शक्तिहरू (अमेरिका–भारत–चीन) को हस्तक्षेपले नेपाल स्वतन्त्र रूपमा उभिन सकेको छैन
सबैले मिलेर पनि देश सुधार्न सकेनन्, अब वैकल्पिक शक्ति (स्वतन्त्र समूह) ले नेतृत्व लिनुपर्छ

अर्थात, बालेनले आफूलाई “सिस्टम तोड्ने नयाँ शक्तिको नेता” को रूपमा प्रस्तुत गर्ने संकेत दिन खोजेको देखिन्छ।

लक्षित कसलाई थियो?

बालेनले शाब्दिक रूपमा अमेरिका, भारत, चीनलाई गाली गरेका थिए।
यसले देखाउँछ —

नेपालको आन्तरिक राजनीतिमा परनिर्भरता
विदेशी मिसन, आर्थिक हस्तक्षेप, प्रोजेक्ट–डोनर खेल
MCC, BRI र भारत–चीन प्रभावमाथि उनका असन्तोष
उनी ‘नेपाल विदेशी शक्तिको कठपुतली बन्न पुगेको छ’ भन्ने कुरा बताउन खोजिरहेका थिए।
एमाले लगायतका दल ले उनलाई बिदेशी एजेन्ट बताउदै आएका थिए । यसबाट उनको छबी प्रस्ट भएको छ ।
शुशिला कार्कीको सरकार बनाउन महत्वपूर्ण भूमिका बालेनले खेलेका थिए त एमाले,कांग्रेस, हर्क सम्पंगले बिदेशीको इसारामा बनेको सरकार भनिरहेका थिए ।

एमाले, कांग्रेस, माओवादी, राप्रपा, रास्वपा सबैलाई एकै पटक गाली गर्नुका कारण बालेन ‘सबै दलसँग टकरावमा’ पुगेका छन्। निकट स्रोतका अनुसार बालेनलाई लाग्छ —यस्तो वातावरणमा कुनै दलले देश चलाउन सक्दैन।

आफ्नो वैकल्पिक नेतृत्व उदाउँदैछ । पुराना दल बिर्सिदिनुपर्छ, नयाँ मोडेल चाहिन्छ। यहाँ मेयर बालेनले आफूलाई “पुराना दलहरूको विकल्प” को रूपमा ब्रान्डिङ गर्न खोजेको छन ।

किन मध्यराति? किन तुरुन्त हटाए?

यो भावनात्मक विस्फोट थियो। उनी पछिल्ला राजनीतिक घटनाबाट निराश छन्।
दबाब, आलोचना, सरकारी दण्डात्मक कदमले उनलाई मनोवैज्ञानिक रूपमा उत्तेजित बनाएको देखिन्छ।

स्टाटसको पछाडिको राजनीतिक रहस्य : के बालेन नयाँ पार्टी घोषणा गर्न लागेका हुन्?

यतिबेला बालेन + कुलमान घिसिङ को नयाँ दल दर्ता प्रक्रियाबारे व्यापक चर्चा छ। निकट स्रोतका अनुसार बालेन नयाँ पार्टीको नेतृत्व लिने मनस्थितिमा छैनन तर उनले कुलमानलाई अगाडी सारेर नया दल गठन गर्दैछन् ।
जेनजी आन्दोलनपछिको “वैकल्पिक लहर” लाई क्याप्चर गर्न चाहन्छन्।यसै कारण उनले पुराना दल र विदेशी शक्ति दुवैलाई “शून्य” देखाउने गरी उत्तेजित भाषामा स्टाटस लेखेको हुनसक्छ।

तर यस्ता अभिव्यक्तिले अमेरिका, चीन, भारतसँगको कूटनीति , स्वायत्त स्थानीय सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा बोल्ने सीमा, विदेश नीति उल्लङ्घनमा समस्या ल्याउन सक्छ।

अन्तर्राष्ट्रिय इमेज प्रभावित हुनसक्छ, जसका कारण बालेनले स्टाटस हटाएका विश्लेषकहरूको बुझाइ छ।

बालेनको स्टाटस एउटा राजनीतिक संकेत हो। बालेनको स्टाटस केवल “गाली” होइन,आगामी राजनीति, पार्टी निर्माण र वैकल्पिक नेतृत्व उदाउने संकेत हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय