अमेरिकी सेनाले क्यारिबियन सागरमा लागूपदार्थ ओसारपसारमा संलग्न डुंगामाथि गरेको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ। युद्धमन्त्री पिट हेगसेथका अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले लक्षित डुङ्गालाई नष्ट गरेको हो।

हेगसेथले बताए अनुसार, उक्त कारबाहीमा अमेरिकी सेनामा कुनै क्षति भएको छैन। यसअघि अमेरिकाले लागूपदार्थ रोकथाम अभियानअन्तर्गत १७ वटा हवाई र समुद्री आक्रमण गरी १८ वटा डुङ्गा नष्ट गरिसकेको छ, जसमा ७० जनाको मृत्यु भइसकेको छ।

तीमध्ये तीन जना मात्र बाँचेका थिए, दुई जनालाई अमेरिकी नौसेनाले छोटो समयका लागि नियन्त्रणमा लिएर आफ्नै देश पठाएको थियो भने अर्का एक व्यक्ति अझै हराइरहेको छ।

ट्रम्प प्रशासनले यस आक्रमणलाई “लागूपदार्थ तस्करहरूसँग सशस्त्र सङ्घर्ष”को भाग रहेको दाबी गरेको छ र मारिएका व्यक्तिलाई “अवैध लडाकु” भनेर परिभाषित गरेको छ।

तर केही सांसद र मानवअधिकार समूहहरूले यस कानुनी व्याख्यामा प्रश्न उठाउँदै, आक्रमणका विषयमा अदालतको अनुमति र कानुनी प्रक्रियाको पालन आवश्यक रहेको बताएका छन्। अमेरिकी सैनिक अधिकारीहरूले हालसम्म कुनै पनि अमेरिकी सैनिक घाइते नभएको पुष्टि गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय