latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
बिहिबार , अषोज २, २०८२

काठमाडौं । एक महिला कलाकारले आफू फ्यानबाट बलात्कृत भएको भन्दै महाराजगन्ज वृत्तमा जाहेरी दिएकी छिन् ।

कानुनअनुसार नाम गोप्य राखेर सांकेतिक नाम ‘महाराजगन्ज ७ (२०८०\८१)’ दिइएको कलाकारलाई धादिङका अमित श्रेष्ठले जबरजस्ती करणी गरेको भन्दै जाहेरी परेको हो । पीडक भनिएका फ्यान फरार रहेको भन्दै सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा मुद्दा दायर गरेको छ ।

सुरुमा फ्यानले लगातार भेटघाट र संवादद्वारा कलाकारलाई प्रभावित बनाएका थिए । उनीहरूबीचको सम्पर्कले कलाकारलाई सुरुवातमा न्यानोपन र समर्थनको आभास दिलायो, तर पछि फ्यानको व्यवहारमा परिवर्तन देखा पर्‍यो ।

कलाकार ‘महाराजगन्ज ७ (२०८०\ ८१) ले अमितले आफूलाई फकाएर बलात्कार गरेको जाहेरीमा लेखेकी छिन् ।

उनका अनुसार, अमितले आफ्नो कला र प्रतिभाको अत्यधिक प्रशंसा गर्दै आफ्नो नजिकको साथी बनेका थिए । विभिन्न अवसरमा आफ्नो गुणगान गाउँदै फकाएको र आफ्नो विश्वास जित्न सफल भएको बताएकी छिन् ।

आफूहरूको पहिलो भेट २०७९ फागुनमा भएको उल्लेख छ । त्यसयतादेखि नै उक्त फ्यानले कलाकारसँग घनिष्ठता बढाउने प्रयास गरेको भनिएको छ ।

फ्यानले आफूलाई २०८० जेठ १० गतेदेखि टोखामा फ्याट भाडामा लिएर राखेको बताएकी छिन् । २०८० साउन १५ गते राति आफूमाथि जबरजस्ती करणी भएको ती कलाकारले बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय