लमजुङमा एक पूर्वप्रहरी हवल्दारलाई घरमै आएर क्रूरतापूर्वक हत्या गरिएको घटनाको रहस्य १ वर्षपछि खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले घटनामा संलग्न चितवनका ४७ वर्षीय बुद्धिराम दराईलाई रूपन्देहीको बेलहियाबाट नियन्त्रणमा लिएपछि हत्याकाण्ड सार्वजनिक भएको हो।
हत्या गरिएकी ४५ वर्षीया सीता कँडेल, जो भीमफेदी कारागारमा सुरक्षाकर्मीको रूपमा काम गर्दथिन्, दराईसँग कैद भुक्तानीकै क्रममा चिनजान भएको खुल्न आएको छ।
२०८१ चैत ३१ गते, बेसीशहर–२ भकुण्डेमा कँडेलको घरबाट आएको दुर्गन्धका आधारमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घर बाहिरबाट ताला लागेको अवस्थामा भित्र पस्दा कँडेलको शव बक्सबेडको विस्तारामुनि त्रिपालले बेरिएको अवस्थामा भेटिएको थियो।
अनुसन्धानको क्रममा प्रहरीलाई थाहा भयो —
हत्या गर्ने व्यक्ति अरू कोही नभई पुरानै अपराध अभिलेखसहितका बुद्धिराम दराई नै थिए, जसले २०६७ मा गोरखाकी चिनीमाया पाण्डेलाई पनि हत्या गरेकोमा जन्म कैद पाएका थिए।
भीमफेदी कारागारमा कैद भुक्तानीका बेला दराई र प्रहरी हवल्दार कँडेलबीच परिचय भएको थियो।
कारागारबाट छुटेपछि दराई २०८१ चैत ३१ गते कँडेलको घरमै पुगे र हत्या गरी शव कोठामै लुकाएर बाहिरबाट ताला लगाएर भागेको CIB ले जनाएको छ।
लमजुङ अदालतले पक्राउ पुर्जी जारी गरेपछि CIB को विशेष टोलीले निरन्तर खोजतलास गर्दै
रूपन्देही–भारत सीमा नजिकै बेहलियाबाट दराईलाई पक्राउ गरेको हो।
कँडेलका छोरा र बुहारी ४–५ वर्षदेखि अष्ट्रेलियामा छन्।
आमासँग लामो समयसम्म सम्पर्क नभएपछि छोराले छिमेकीमार्फत खोजबिन गर्न लगाउँदै गएपछि
घरबाट आएको दुर्गन्धले घटनाको पर्दाफास भएको थियो।






