भक्तपुर नलिन्चोकमा निर्माण गरिएको हेलिपोर्टमा साढे १३ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहरसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले —
महानिर्देशक प्रदीप अधिकारी — थुनामा
तत्कालीन निर्देशक मुरारी भण्डारी — ५ लाख धरौटी
बुझाउने आदेश दिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिएका छन्।
अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले गत बुधबार अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
उनीहरूलाई —
हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बराबरको
सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी गराएको आरोप छ।
अख्तियारले अधिकारीसहित ६ जना र एक परामर्शदाता कम्पनीलाई पनि प्रतिवादी बनाएको छ।
हेलिपोर्ट निर्माणमा देखिएका अनियमितता
१७ करोड भन्दा बढी लागत अनुमान
अझै पनि पूर्ण रूपमा सञ्चालनमा नआएको हेलिपोर्ट
असुरक्षित र अनुपयुक्त स्थान
व्यावसायिक योजना, लागत–लाभ विश्लेषणबिना निर्माण
अस्वाभाविक रकम खर्चिएको निष्कर्ष
कानुन तथा प्रक्रियागत त्रुटिहरू
उद्देश्यअनुसार सञ्चालनमा नआइपुगेको कारण सार्वजनिक धन नोक्सान
अख्तियारको निष्कर्षअनुसार, आयोजनामा बदनियतपूर्ण ढंगले योजना अघि बढाइएको र सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको स्पष्ट प्रमाण भेटिएको छ।
अख्तियारले अधिकारीलाई गत बुधबार नै पक्राउ गरेको थियो।
आइतबार विशेष अदालतमा थुनछेक बहस सम्पन्न भयो।
बहसपछि अदालतले थुनामा पठाउने आदेश जारी गर्याे।






