काठमाडौं — गोंगबुस्थित नयाँ बसपार्क नजिकै शनिबार बिहान फेला परेको वेवारिसे शव रूकुम घर भएकी अन्दाजी २० वर्षकी युवती माया भन्ने आयुषा मगर काठमाडौं प्रहरीले पुष्टि गरेको छ।

शनिबार विहान करिब ७:४५ बजे सडकछेउमा तन्नाले बेरिएको अवस्थामा शव फेला परेको थियो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार शव फेला पर्ने बित्तिकै मृतकको पहिचान खुलेको थिएन ।

बसपार्क क्षेत्रमा विभिन्न काम गरेर गुजारा चलाउने यौनिक अल्पसङ्ख्यक (तेस्रो लिङ्गी) को झगडाका कारण बेपत्ता भएकी एक युवती हुनसक्ने अनुमान थियो । तर, विस्तृत अनुसन्धानबाट मृतक महिला नै भएको खुलेको एसएसपी थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय