जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत परिसरमा आगजनी र तोडफोड गर्ने पाँचजनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी रहेका छन्। एक जनाको भने पहिचान गोप्य राखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान भइसकेको छ र उनीहरूलाई पनि चाँडै कानुनी दायरामा ल्याइनेछ।
जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी, तोडफोड र आपराधिक उपद्रवसम्बन्धी १०४ वटा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ।
२२ वटा व्यक्तिगत
६६ वटा सरकारी कार्यालय
१६ वटा संस्थागत/व्यापारिक प्रतिष्ठान
सर्वोच्च अदालतले आगजनीकर्तामाथि कडा कारबाहीका लागि औपचारिक रूपमा जाहेरी दिएको थियो।
प्रहरी तथ्यांकअनुसार काठमाडौंमा मात्र आन्दोलनका क्रममा ४९ जनाको मृत्यु भएको छ।
तीमध्ये ७ जनाको पहिचान अझै खुलेको छैन।
हराएकामध्ये ७ जनाको हुलिया प्रहरीले प्राप्त गरेको छ।
आन्दोलनसँग सम्बन्धित विभिन्न कसुरमा अहिलेसम्म:
१५४ मुद्दा दर्ता
२६७ जना पक्राउ
८७ जना हाजिर–जमानतमा रिहा
११३ जना प्रहरी हिरासतमा
३३ जना धरौटीमा छुटेका
४३ जना पुर्पक्षका लागि थुनामा
प्रहरीले आन्दोलनका नाममा गरिएको तोडफोड, आगजनी र आपराधिक क्रियाकलापमा संलग्न सबैलाई कानुनी दायरामा ल्याइने बताएको छ।






