धनुषामा नाबालिग बलात्कार प्रकरणमा संलग्न रहेको आरोपमा एमाले नेता शिवशंकर (हिरा) साहलाई प्रहरीले भारतको बिहार राज्यको सीतामढीबाट पक्राउ गरी मंगलबार राति नेपाल ल्याएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, पीडित पक्षको उजुरीपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थाहा पाएलगत्तै साह भारततर्फ फरार भएका थिए।

भारतमा लुकेर बसेको सूचना पाएपछि प्रहरीले भारतीय सुरक्षासँग समन्वय गरी उनलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेशबहादुर बमले जानकारी दिए।

यसै प्रकरणमा नाबालिगकी मामा सञ्जय महासेठलाई पनि प्रहरीले जनकपुरधामबाट नियन्त्रणमा लिएको छ।
उनमाथि घटनालाई कानुनी प्रक्रियामा नलगी मिलाउने प्रयास गरेको र पीडित परिवारबाट रकम लिएको आरोप छ।
प्रहरीले उनीविरुद्ध पनि विशेष अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार, कार्तिक २२ गते जनकपुरधाम–११, जानकी चोकस्थित एक होटेलमा १३ वर्ष ४ महिनाकी नाबालिगलाई दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरिएको थियो।

घटनामा संलग्न आरोपमा जनकपुरधामका मनोजकुमार साहलाई यसअघि नै काठमाडौंबाट पक्राउ गरी धनुषा ल्याइएको छ।
उनको बयानका आधारमा हिरा साहसहित तीन जनामाथि पक्राउ पुर्जी जारी भएको थियो, जसमा दुई जना अझै फरार छन्।

जिल्ला प्रहरी प्रमुख एसपी रुगमबहादुर कुँवरको टोलीले अनुसन्धानलाई तीव्रता दिएको छ।
प्रहरीका अनुसार,

“जघन्य प्रकृतिको अपराध भएकाले राजनीतिक दबाब वा पहुँचका आधारमा कसैलाई उम्कन दिइने छैन। सबैलाई कानुनी दायरामा ल्याइन्छ।”

हिरा साहको राजनीतिक पृष्ठभूमि

२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट मेयर उम्मेदवार

जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष

मधेश प्रदेश उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष

एमालेको ११औँ महाधिवेशनका लागि धनुषा–३ बाट प्रतिनिधि चयन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय