काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको उपचारका क्रममा निधन भएको छ। काठमाडौँको ह्याम्स अस्पतालमा शनिबार साँझ उपचारकै क्रममा उनको निधन भएको हो।
उनको निधनको पुष्टि कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले गरेका छन्।
उपाध्याय लामो समयदेखि मुखको क्यान्सर रोगबाट पीडित थिए। उपचारका क्रममा स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शनिबार साँझ उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ।
आमदप्रसाद उपाध्याय नेपाली कांग्रेसका वरिष्ठ र अनुभवी नेताका रूपमा परिचित थिए।
२०५६ सालमा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका उनी
पटक–पटक कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए
मोरङबाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा सांसदका रूपमा प्रतिनिधित्व गरेका थिए
उनको निधनले नेपाली कांग्रेस र मुलुकको राजनीतिमा अपूरणीय क्षति पुगेको नेताहरूले बताएका छन्।






