भारतको महाराष्ट्रस्थित पुणेमा अछामका ११ वर्षीय प्रकाश सार्की आज बिहान सन्दिग्ध अवस्थामा मृत फेला परेका छन्।
मृतक प्रकाश डबले सार्कीका छोरा हुन्, जो परिवारसहित केही समयदेखि पुणेमै बस्दै आएका थिए।
परिवारका अनुसार प्रकाश हिजो साँझ करिब ६ बजेदेखि अचानक बेपत्ता भएका थिए।
आज बिहान उनको कोठा नजिकै शव फेला परेको प्रहरी स्रोतले जनाएको छ।
घटनास्थलमा पुगेका स्थानीयहरू र प्रकाशका आफन्तहरूले शरीरबाट कि’ड्नी जस्तो देखिने अंग निकालिएको अवस्था भेटिएको दाबी गरेका छन्।
तर भारतीय प्रहरीले अंग निकालिएको विषय पुष्टि गरेको छैन, र घटनालाई अत्यन्त संवेदनशील ठानेर अनुसन्धान अगाडि बढाइरहेको बताइएको छ।
अचानक बालकको मृत्यु र अंग तस्करीले परिवार शोकमा डुबेको छ भने स्थानीय नेपालीहरूले निष्पक्ष छानबिनको माग गरेका छन्।
भारतीय प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाईसकेको छ।
पोस्टमार्टम रिपोर्टपछि मात्र अंग निकालिएको/ननिकालिएको पुष्टि हुनेछ भनेको छ।
पुणे प्रहरीका उच्च अधिकारीहरू घटनालाई अत्यन्त संवेदनशील र गम्भीर प्रकृतिको भन्दै अनुसन्धानलाई प्राथमिकतामा राखेको बताइएका छन्।






