latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

कानुनु प्रक्रिया बात बैबाहिक सम्बन्दलाई अन्त्य गरेका गायिका एलिना चौहान र ब्यबसायी बिष्णु सापकोटाबीच दोश्रो चरणको लडाई शुरु भएको छ । युवा पुस्ताकी चर्चित गायिका एलिना चौहानाले डिभोर्स गरेको छ महिना पछी विभिन्न अन्तर्वार्ता र पोडकास्टहरुमा पुरानो सम्बन्धबारे बोल्दै बोलेकी थिइन् ।

डिभोर्स भएको छ महिनासम्म एलिनाले एकतर्फी हिँसा गरेको आरोप लगाउँदा समेत मौन बसेका सापकोटाले पहिलोपल्ट मुख खोलेका छन् । उनले आज समाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् ।

कानुनी रुपमा अलग भइसकेपछि पनि एलिनाले पुरानो कुराको चर्चा गर्दै हिँडेको र त्यसले आफूलाई मानसिक रुपमा असर गरेको उनले उल्लेख गरेका छन् । ‘हामी दुई जना अलग भइसकेपछि आपसी समझदारीको आधारमा व्यक्तिगत कुरा सार्वजनिक रुपमा नल्याउने र शान्तिको लागि मौन बस्ने निर्णय थियो, तर चुप लागेर बस्नु मेरो कमजोरी होइन’, उनले भनेका छन्, ‘दुवै पक्षको समझदारीमा सम्मानित अदालतले निर्णय गरिसकेको विषयमा पुनः बोल्दै हिँड्नु अदालतको अपमान ठहर्छ ।’

अष्ट्रेलियामा मायालु व्यवसाय सञ्चालन गर्दै आएका सापकोटाले एलिनाको विषयलाई लिएर आफूमाथि गालीगलौज गर्नेविरुद्ध कानुनी उपचार खोजिरहेको पनि बताएका छन् । सबैलाई मर्यादित हुन आग्रह गर्दै थपेका छन्, ‘म अहिले नेपाल र अष्ट्रेलिया दुवै स्थानमा कानुनी परामर्श लिदैछु ।’

यता सापकोटाले स्टाटस लेखेको केही घण्टापछि एलिनाले एउटा तस्वीर सार्वजनिक गर्दै जवाफ फर्काएकी छन् । उनले पनि आब चुप नबस्ने बताएकी छन् । उनले भनेर्की छन् यो लडाइँ मेरो व्यक्तिगत मान्छेसँग होइन। यो लडाइँ हो—त्यस मानसिकतासँग,
जसले सत्य बोल्ने नारीलाई नै दोषी बनाउँछ। जसले पीडितलाई नै कठघरामा उभ्याउँछ। अनुहारभरी हातपातको निलडाम भएको तस्बिर राख्दै उनले भनेकी छन्, हामीबीचको कुरा त आपसी समझदारीमै त्यही दिन सकिएको थियो।तर समाजकै दवाव, सामाजिक सञ्जालको दुरुपयोग, र सतही धारणाले त्यो सकिएको कुरा फेरि दोहोर्‍याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गर्‍यो। म कानुनी प्रक्रियामा जान बाध्य भएँ। म आफ्नो चरित्रको बचाउ गर्न बाध्य भएँ। मैले मेरो विगत खोल्नुपर्‍यो—त्यो विगत जुन आज मेरो जीवनसँग सम्बन्धित छैन। त्यो सम्बन्धसँग मेरो कुनै दुश्मनी थिएन, न कुनै बदला लिने सोच। स्पष्ट भन्न चाहन्छु— यो लडाइँ मेरो व्यक्तिगत मान्छेसँग होइन। यो लडाइँ हो—त्यस मानसिकतासँग,
जसले सत्य बोल्ने नारीलाई नै दोषी बनाउँछ। जसले पीडितलाई नै कठघरामा उभ्याउँछ। जब मैले आफ्ना भोगाइहरू सुनाएँ, म माथि फेरि प्रश्नहरू उठाइए—‘किन अहिले?’, ‘किन फेरि?’ तर मलाई थाहा छ—यो देश अझै पनि पुरुषप्रधान सोचमा जकडिएको छ।
यहाँ सत्य बोल्नेलाई नै अपराधी बनाइन्छ। तर अब म चुप लाग्दिन। अब यो केवल मेरो न्यायको लडाइँ होइन, यो हरेक नेपाली चेलीको आवाज हो। म हरेक कानुनी, सामाजिक र नैतिक बाटो अपनाएर न्यायका लागि अगाडि बढ्नेछु। किनकि म एक्लो भए पनि, सत्य मेरो साथमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय