सर एडमण्ड हिलारीको जीवन रोमाञ्चक अभियानहरुद्वारा भरिएको थियो । उनी विश्वको सबैभन्दा अग्लो शिखर माउन्ट एभरेष्टको टुप्पोमा पुग्ने पहिलो व्यक्ति थिए । उनले २९ मे १९५३ मा यो ऐतिहासक काम गरे ।
यस पछि पनि उनको रोमाञ्चक अभियानको सिलसिला समाप्त भएन । पछि उनले कैयौँ दलहरुलाई लिएर माउन्ट एभरेष्टको शिखरमा पुगे । १९५५ मा उनी अन्टार्टिकाको अभियानमा गए । ४ जनवरी १९५८ मा उनी ट्याक्टरबाट दक्षिणी धु्रबमा पुगे । १९१२ मा राबर्ट एफ स्कार्टपछि थलमार्गद्वारा त्यहाँ पुग्ने उनी पहिला व्यक्ति थिए ।
न्युजिल्याण्डमा जन्मिएका हिलारीलाई सानैदेखि नै पर्वातारोहणको मोह थियो । उनले न्युजिल्याण्डको पर्वतहरुमा चढेर पर्वतारोहणको अनुभव हासिल गरे । आखिर त्यो कुन चाहिँ कारण थियो जसले गर्दा एडमण्ड हिलारी उनीभन्दा पहिले कसैले गर्न नसकेको काम गरेर देखाए ? यसको कारण यो थियो कि हिलारीले हार मानेनन् । आफ्नो लगन र दृढ इच्छाशक्तिका कारण उनी माउन्ट एभरेष्टको शिखरमा पुग्न सफल भए ।
जब १९५१–५२ मा पहिलोपल्ट हिलारीले माउन्ट एभरेष्टमा चढ्ने कोशिस गरे, तब उनी असफल भए । तर उनले ठानेका थिए कि उनी यो असम्भव देखिएको कामलाई सम्भव बनाउनेछन् । आफ्नो असफल माउन्ट एभरेष्ट अभियानपछि जब हिलारी लन्डन फर्के, तब त्यहाँ उनको साहसिक अभियानको लागि उनको सम्मानमा एक उत्सव मनाइयो, जसमा अभिजात्य वर्गका मानिसहरु उपस्थित थिए । मञ्चमा माउन्ट एभरेष्टको तस्वीर राखिएको थियो । जब हिलारी जनतालाई सम्बोधन गर्न आए, तब उनले पहाडको तस्वीर तर्फ हेर्दै भने, ‘माउन्ट एभरेष्ट तिमीले मलाई हराइदियौ तर म फेरि फर्कनेछु, र तिमीलाई हराउनेछु, किनकि तिमी जति ठूलो छौ, त्यो भन्दा बढी ठूलो हुन सक्दैनौ, जबकि म हुन सक्दछु ।’
साभारः ‘सफलता’ पुस्तकबाट