काठमाडौँको केशरमहल अगाडि सडक दुर्घटनामा भारतीय नागरिक ३४ वर्षीय शेख साखिरको मृत्यु भएको पुष्टि भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन्।
साखिर नेपालमा करिब १० वर्षदेखि बस्दै आएका थिए र घर निर्माणको काम गर्थे। उनी धोवीचौरमा बस्दै आएका थिए। दुर्घटनामा घाइते भएपछि उनलाई ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा २ जना ट्राफिक प्रहरी पनि घाइते भएका छन्। दरबारमार्ग ट्राफिक प्रहरी प्रभागमा कार्यरत हवल्दार परशुराम ठाकुर र कार चालक सुरेशराज कालिका चोट लागेका छन्।
प्रहरीका अनुसार, कारले दुई जनालाई ठक्कर दिएपछि केशरमहलको पर्खालमा ठोक्किएको थियो। घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।






