जेनजी आन्दोलनको अस्थिर परिस्थितिको फाइदा उठाएर सुन्धारास्थित केन्द्रीय कारागारको महिला बन्दी गृहबाट भागेकी एक कैदी सरिता सुवेदी पक्राउ परेकी छन्।

ओखलढुंगाको लिखु गाउँपालिका–९ घर भएकी ३९ वर्षीया सुवेदीलाई जिउ मास्ने बेच्ने (मानव बेचबिखन) मुद्दामा अदालतले १३ वर्ष कैद सजाय तोकेको थियो।

फरार सुवेदीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ठूलो भर्‍याङ क्षेत्रमा पक्राउ गरेको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।

जेनजी आन्दोलनको भीडतर्फ उतारचढावका क्रममा उनी कारागारबाट फरार भएको प्रहरीले पुष्टि गरेको थियो।

पक्राउ परेकी सुवेदीलाई फैसला कार्यान्वयनका लागि पुनः कारागारमै दाखिला गरिएको सीआईबीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय