latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
बुधबार , अषोज १, २०८२

संसारमा आँपका धेरै प्रजाति छन् । आँपलाई राजकीय फलको दर्जा पनि दिइन्छ । विश्वका विभिन्न देशका आँपको पनि आ–आफ्नै विशेषता छन् । यसैबीच यस्तो आँपको बारेमा चर्चा गरौं जसको मूल्यले तपाईलाई अचम्मित पार्नेछ । उक्त आँप जापानमा पाइन्छ ।

जापानमा पाइने विश्वको सबैभन्दा महँगो आँपको नाम तइयो नो तमांगो हो । यो जापानको मियाजाकीमा पाइन्छ । आम मानिसले यो आँप किन्ने सपना पनि देख्न सक्दैनन् ।

यो आँप सामान्यतया जापानको क्युशु प्रिफेक्चरको मियाजाकी सहरमा उत्पादन गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा यो आँपको मूल्य प्रतिकिलो रु ४.३२ लाख रहेको छ । यो आँप खाँदा मिठासका अलावा नरिवल र भुइँकटहरको पनि हल्का स्वाद हुन्छ ।

यो आँप विशेष तरिकाले तयार गरिन्छ । आँपको रुखमा फल आएपछि प्रत्येक फललाई जालीको कपडामा बाँधिन्छ । जसका कारण आँपको रंग फरक हुन्छ । बैजनी रंगको यो आँप हेर्नमा पनि निकै सुन्दर देखिन्छ ।

जापानमा तइयो नो तमांगो आँपको खेती ७० र ८० को दशकमा सुरु भएको थियो । संसारकै महँगो मानिने यो आँप लामो समयसम्म तातो मौसम, घाम र पानी परेपछि पाक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय