काठमाडौँ — दार्चुलाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति १०:४० बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कम्पन दार्चुलासहित भारत सीमावर्ती क्षेत्रमा समेत महसुस गरिएको थियो।
हालसम्म भूकम्पका कारण मानवीय वा भौतिक क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन।





