latest
घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||    युवा खेलकुद मन्त्रीको एक्सन: कांग्रेस नेता दीपक खड्काले कब्जा गरेको स्काउटको संरचना र मालसामान जफत गर्ने तयारी  ||    अष्ट्रेलियाबाट आयो सामाजिक संजाल चलाउनेहरुका लागि यस्तो खबर-  ||    कांग्रेस नेता कान्छाराम तामाङको निर्माण कम्पनीको ठेक्का तोड्ने तयारी  ||   
बिहिबार , कार्तिक २०, २०८२

काठमाडौँ — माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी नेकपा माओवादी केन्द्र नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा विलय भएपछि, समाजवादीबाट छुट्टिएका थुप्रै नेता आगामी सोमबार नेकपा एमालेतिर फर्किने भएका छन्।

समाजवादीबाट बाहिरिएका नेतृ रामकुमारी झाँक्री, नेता किसान श्रेष्ठसहित ५० जनाभन्दा बढी केन्द्रीय सदस्य एमालेमा पुनः प्रवेश गर्ने तयारीमा छन्।

एमालेमा प्रवेशको तयारीका लागि झाँक्री र श्रेष्ठले बिहीबार भक्तपुरको गुण्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल सँग विस्तृत संवाद गरेका छन्।

ओलीनिकट नेता महेश बस्नेतका अनुसार, छलफल सकारात्मक भएको र उनीहरू सोमबार औपचारिक रूपमा एमाले प्रवेश गर्ने सहमति बनेको छ।

झाँक्री, किसान श्रेष्ठसहित नेताहरूले सोमबार दिउँसो ३ बजे, काठमाडौंको राष्ट्रिय सभा गृहमा ‘घर फर्कने अभियान’ नामक कार्यक्रममार्फत एमालेमा पुनः प्रवेश गर्ने छन्।

यस क्रममा उनीहरूसँग रहेका केही पूर्वसांसदहरू पनि एकैसाथ एमालेमा फर्किने तयारीमा छन्।

होटल बसेरामा घोषणा भइसकेको रामकुमारी झाँक्री र किसान श्रेष्ठले बुधबार काठमाडौंको होटल बसेरामा कार्यक्रम गर्दै आफूहरू एमालेमै फर्कने निर्णय सार्वजनिक गरिसकेका थिए।
नेकपा समाजवादी–माओवादी एकीकरणपछि पार्टीभित्रको नयाँ समीकरणले उनीहरूलाई एमालेमा पुनः जाने निर्णयसम्म पुर्‍याएको विश्लेषण गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय