पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा नयाँ र वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि छलफल सुरु भएको छ।
पूर्वप्रधानमन्त्री भट्टराईका अनुसार, नयाँ राजनीतिक दल, समूह र सक्रिय अभियन्ताबीच यो वार्ता जेनजी विद्रोहपश्चात बदलिँदो नेपाली राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर समग्र राजनीतिक पुनर्गठन र वैकल्पिक ध्रुवीकरण गर्ने उद्देश्यले सुरु गरिएको हो।
छलफलमा सहभागी नेताहरूमा
पूर्व माओवादी नेता जनार्दन शर्मा,
सुदन किराँती,
रास्वपा छाडेकी नेतृ सुमना श्रेष्ठ,
रास्वपाका उपसभापति डीपी अर्याल
समावेश छन्।
भट्टराईको सचिवालयका अनुसार छलफलको केन्द्रबिन्दु भरपर्दो र बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माणमा रहेको छ। यसका लागि भट्टराईले विभिन्न दलका नेताहरूसँग व्यक्तिगत तथा समूहमुखी भेटघाट गर्दै रणनीति तय गर्ने काम अघि बढाइरहेका छन्।





