‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरीले गुमाएको इन्सास समेतका ३ थान हतियार बरामद भएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले उक्त हतियारसहित २३ वर्षीय शिवराज धमलालाई पक्राउ गरेको छ।

उनीलाई काठमाडौँको बालाजु क्षेत्रबाट पक्राउ गरिएको कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीसँग पुष्टि गरे।

प्रहरीका अनुसार, धमलाको डेरामा गरिएको खानतलासीका क्रममा इन्सास राइफल, सटगन र पेस्तोल फेला परेको छ। प्रारम्भिक अनुसन्धानमा यी सबै हतियार भदौ २४ मा जेनजी प्रदर्शनका समयमा प्रहरीबाट लुटिएको निष्कर्ष आएको छ।

आरोपी धमला पठाओ चालक भएको प्रहरीले जनाएको छ। हतियार कसरी, कहाँ र कुन उद्देश्यले राखिएको थियो भन्नेबारे थप अनुसन्धान भइरहेको एसपी आचार्यले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय