latest
श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु  ||    माओवादी सांसदको ‘किस भिडिओ’ सेयर गर्दा राप्रपाका युवा नेता पक्राउ  ||    पत्रकार र गायिकाको तिघ्रा छोएको आरोपपछि गंगामा हामफालेर ज्यान फाल्ने प्रयास  ||    फेसबुकमा चरित्र हत्या गरेको आरोपमा नयाँ बानेश्वरबाट बाघ पक्राउ  ||    सायद विदेशमा बस्ने केटासँग विवाह गर्दिनँ होला  ||    बेलिब्रिजको उद्घाटन गर्न हुम्ला पुगेका प्रधानमन्त्री ओलीले के भने ?  ||    प्रचारका लागि गरिएको ‘स्टन्ट’ भएको खुलासा  ||    ट्याक्सी बुक गरेर पहाडमा लगी ड्राइभरको हत्या, नेपालमै गुडिरहेछन् मारिएका दर्जनौं चालकका ट्याक्सीहरू  ||   
बुधबार , असार २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले प्रत्यक्ष निर्वाचनमै ३३ प्रतिशत महिला र १० प्रतिशत दलित समुदायका लागि उम्मेदवारी अनिवार्य गर्नेगरी पार्टीले नीति बनाउनुपर्ने बताएकी छिन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वारा पेस भएको प्रतिवेदन एवं जनप्रतिनिधि कार्य सम्पादन निर्देशिका, २०८१ का सन्दर्भमा आफ्ना सुझाव राख्दै उनले नेपाली कांग्रेसले राज्यका निकायमा ३३ प्रतिशत महिला सभागिताको नीति लिएको भएपनि प्रत्यक्ष निर्वाचनमा नै यसको सुनिश्चितताको माग गरेकी हुन् ।


प्रत्यक्ष निर्वाचनमै महिलालाई ३३ र दलित समुदायका लागि १० प्रतिशत उम्मेदवारीको सुनिश्चितता हुनेगरी नीति बनाउनुपर्ने उनको भनाई छ ।

उनले पार्टीका प्रत्येक प्रशिक्षण कार्यक्रममा लैङ्गिक र समावेशितासम्बन्धी छुट्टै सत्र समावेश गरी यसको पाठ्यक्रममा नै लैङ्गिक र समावेशिता विषय समेट्नुपर्ने धारणा राखिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय