मंगलबार , कार्तिक १८, २०८२

काठमाडौं — प्रदर्शनको बीचमै अनुगमन गर्दा चलचित्र प्रदर्शन मापदण्ड उल्लङ्घन गरेको अभियोग लागेसँगै केन्द्रीय चलचित्र जाँच समितिले अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ का निर्मातालाई स्पष्टीकरण सोधेको छ।

समितिका सदस्य सम्पन्न श्रेष्ठका अनुसार,“निर्मातालाई आजै स्पष्टीकरण पत्र पठाइएको छ। यदि चित्त बुझ्ने जवाफ आएन भने कानूनी प्रक्रिया अघि बढाइने छ।”

अनुगमन समितिले फिल्ममा भेटिएका ६ वटा त्रुटि उल्लेख गर्दै स्पष्टीकरण सोधेको हो। समितिको रिपोर्ट अनुसार:

अश्लील मानिने संवादहरू म्युट नगरिएको
धूम्रपान–मद्यपान हानिकारक छ भन्ने सूचना नराखिएको
तोङ्बा खाइने दृश्यमा पनि चेतावनी सूचना नभएको
दृश्यहरू वयस्क चेतावनी बिना प्रदर्शन गरिएको आशंका
प्राविधिक नियमअनुसार सूचना समय–दायरा स्पष्ट नभएको

समितिले यी ६ बुँदाका आधारमा विस्तृत जवाफ मागेको हो।

कात्तिक १७ गते सिटी सेन्टरको बिग मुभिजमा अनुगमन गर्दा यी सबै त्रुटि फेला परेको अनुगमन समितिको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय