नयाँ दिल्ली — भारतका गृहमन्त्री अमित शाहले नेपालमा जस्तै जेन–जी (Gen-Z) पुस्ताद्वारा सञ्चालित आन्दोलन भारतमा सम्भव नै नभएको दाबी गरेका छन्। बिहारमा चुनावी रौनक चुलिँदै गरेको बेला एक अन्तर्वार्तामा बोल्दै शाहले भारतको लोकतान्त्रिक संरचना यति बलियो छ कि त्यसले युवाबीच विद्रोही लहर उठ्न नदिने बताएका हुन्।

शाहले भने,
“भारत नेपाल होइन। हाम्रो लोकतान्त्रिक जरा धेरै बलियो र गहिरो छ। भारतमा जेन-जेड विरोध सम्भव छ भन्ने मलाई लाग्दैन।”

उनका अनुसार, भारतका युवाहरू
कठोर परिश्रम गर्ने,
राष्ट्र निर्माणमा योगदान दिने,
विद्रोह भन्दा विकासमा लगाव देखाउने
प्रवृत्तिमा छन्।

नेपालमा गत भदौ २३ र २४ गते भ्रष्टाचारविरुद्ध चर्किएको जेन–जी आन्दोलनले ठूलो राजनीतिक परिवर्तन ल्याएको थियो।
यस आन्दोलनपछि—

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढायो

अन्तरिम सरकार गठन भयो

प्रतिनिधि सभा विघटन हुँदै

आगामी फागुन २१ गते चुनाव मिति तोकियो

यसै पृष्ठभूमिमा शाहको टिप्पणी भारत–नेपाल राजनीतिक गतिशीलताको तुलना हुनेगरी आएको मानिँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय