काठमाडौँ — संघीय संसद्का पदाधिकारी र सदस्यले पाउँदै आएको स्वकीय सचिवको सुविधा सरकारको निर्णय अनुसार सोमबारबाट औपचारिक रूपमा खारेज भएको छ। मन्त्रिपरिषद्को निर्णय नेपाल राजपत्रमा प्रकाशित भएपछि यो व्यवस्था लागू भएको हो।
यससँगै तत्काल ५१ जना अधिकृत र ९ जना उपसचिव सरहका स्वकीय सचिवका पद कटौती भएका छन्।
कस–कसको सुविधा हट्यो?
१) सबै सांसदको अधिकृत स्तरको स्वकीय सचिव कटौती
प्रतिनिधिसभा (२७५) र राष्ट्रिय सभा (५९) गरी ३१४ सांसदले पाउँदै आएको अधिकृत स्तरको स्वकीय सचिव सुविधा हटाइयो।
हाल प्रतिनिधिसभा नभएकाले राष्ट्रिय सभाका ५९ सदस्यले पाउँदै आएको सुविधा मात्र तत्काल कटौती भयो।
२) उच्च पदाधिकारीका उपसचिव स्तरका सुविधा पनि हटे
प्रतिनिधिसभाका उपसभामुख
प्रतिनिधिसभा विपक्षी दलका नेता
राष्ट्रिय सभाका उपाध्यक्ष
– यी पदाधिकारीको उपसचिव स्तरको सुविधा हट्यो।
तर प्रतिनिधिसभा नै नभएकाले तत्काल २ पद मात्र प्रभावकारी रूपमा हटे।
३) राजनीतिक दलका प्रमुख सचेतकहरूको सुविधा कटौती
राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने ७ दलका प्रमुख सचेतकले पाउँदै आएको अधिकृत स्तरको स्वकीय सचिव सुविधा पनि हटाइयो।
कसको सुविधा यथावत् छ?
सिर्फ दुई पदका लागि स्वकीय सचिव सुविधा कायम:
सभामुख
राष्ट्रिय सभा अध्यक्ष
उनीहरूले अघिकृत, उपसचिव र सहसचिव गरी ३ स्वकीय सचिव राख्न पाउने व्यवस्था यथावत् छ।
कुल कटौती संख्या कति?
सरकारको निर्णय अनुसार:
५१ जना — अधिकृत स्तर
९ जना — उपसचिव स्तर
कुल: ६० पद खारेज
किन गरियो यस्तो निर्णय?
सरकारले ‘संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन’ को अनुसूचीमा परिमार्जन गर्दै यो व्यवस्था ल्याएको हो।
ऐनको दफा २५ अनुसार सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सुविधा परिवर्तन गर्न पाउने प्रावधान छ।

												
												
												
												
												
												



