राजधानीको सबैभन्दा संवेदनशील फोहोर व्यवस्थापन क्षेत्र बञ्चरे डाँडा ल्याण्डफिल्ड साइटमा अब राति पनि फोहोर व्यवस्थापन सहज बनाउन बत्ती जडानको काम औपचारिक रूपमा सुरु गरिएको छ।

सोमबार नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले पोल झार्ने काम सुरु गरेसँगै अब जल्दै बत्ती जडान हुने भएको छ।

घिसिङको निर्देशपछि काम तीव्र

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयको जिम्मासमेत सम्हालिरहेका कुलमान घिसिङले आइतबार स्थलको अनुगमन गर्दै रातिकालीन फोहोर व्यवस्थापनका लागि तात्तात्तै बत्ती जडान गर्ने प्रतिवद्धता जनाएका थिए।

उनको निर्देशनपछि प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल तथा नुवाकोट वितरण केन्द्र प्रमुखलाई आवश्यक तयारी तत्काल सुरु गर्न आदेश दिइएको थियो।

फोहोरबाट निस्कने लिच्चड (दूषित रस) व्यवस्थापनका लागि आवश्यक पम्प समेत साइटमा पुर्याइएको छ। यसले फोहोर व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय