काठमाडौँ — देशको राजनीतिक वृतमा एकाएक नयाँ हलचल भएको छ। ऊर्जा सुधारका अभियन्ता कुलमान घिसिङ, काठमाडौं महानगरका मेयर बालेन शाह र पूर्व सांसद सुमना श्रेष्ठ लगायत युवा पुस्ताले विश्वास गर्ने नेताहरूको संयुक्त नेतृत्वमा नयाँ राजनीतिक दल दर्ता गर्ने प्रक्रिया सुरु भएको स्रोतले जनाएको छ।

विश्वसनीय स्रोतका अनुसार, दलको अध्यक्ष म्हणून कुलमान घिसिङले नै निर्वाचन आयोगतिर दर्ता प्रक्रिया अघि बढाउने तयारी पूरा भइसकेको छ। हाल शहरी विकास मन्त्रीसमेत रहेका घिसिङलाई आगामी निर्वाचनमा भावी प्रधानमन्त्रीका मुख्य उम्मेदवार को रूपमा प्रस्तुत गर्ने रणनीति बनाइएको बताइएको छ।

१५१ सदस्यीय केन्द्रीय समिति, ‘जेन–जी फ्रेन्डली’ पार्टी मोडेल

नयाँ दलले अध्यक्षीय प्रणाली अंगिकार गर्ने र १५१ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी गरेको छ।पार्टीको चुनाब चिन्ह बिजुलीको चिम(बल्ब) राखिने भएको छ भने पार्टीको नाम भने गोप्य राखिएको छ। तर यसलाई ‘जेन–जीको पार्टी’ को रूपमा सार्वजनिक गर्ने योजना बनाइएको स्रोतले बताएको छ।

यस पार्टीमा रास्वपा छाडेकी सुमना श्रेष्ठ, सुधन गुरुङसहित धेरै नयाँ पुस्ताका नेता सहभागी हुने निश्चित भएको बुझिएको छ।

बालेन शाह—‘राष्ट्रिय राजनीतिमा प्रवेश नगर्ने’, मेयरमै रहने सहमति

बालेन शाहले प्रतिनिधि सभा चुनावमा नउठ्ने र काठमाडौं महानगर मेयरमै निरन्तर रहने सहमति भएको जनाइएको छ। राजधानीको काम अधुरो छ भन्दै उनी अबको राजनीतिक अभियानमा मेयरको भूमिकाबाटै योगदान दिने रणनीतिमा छन्।

यता सुमना श्रेष्ठले वैकल्पिक राजनीतिक धार निर्माणका लागि सक्रिय कार्यक्रममा तीव्रता ल्याएकी थिइन्। उनले प्रधानमन्त्री सुशिला कार्कीको प्रमुख सल्लाहकार बन्ने प्रस्तावसमेत अस्वीकार गरी नयाँ दल बनाउने अभियानमा होमिएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय