काठमाडौं — नेपाली कांग्रेस नेता रामहरि खतिवडा पितृशोकमा परेका छन्। उनका पिता जीवनाथ खतिवडाको ७८ वर्षको उमेरमा डिल्लिबजारस्थित डेरामा निधन भएको राष्ट्रपतिका प्रेस सल्लाहकार खिला कार्कीले जानकारी दिएका छन्।

दीर्घरोगले पीडित जीवनाथ खतिवडा क्यान्सर र दमको समस्याका कारण लामो समयदेखि उपचाररत थिए। झन्डै एक घन्टा अघि आफ्ना पिताको स्वास्थ्य कमजोर भएको र बचाउने अन्तिम प्रयासमा रहेको नेता रामहरी खतिवडाले बताएका थिए ।

खतिवडाको भोलि बिहान पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने परिवारले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय