नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी पुनः भित्रैबाट भाँचिएको छ।
पोलिटब्युरो सदस्य चिरन पुन (मिलन सी) ले पार्टी फुटाएर नयाँ ७५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको तेस्रो दिनमै अर्को ठूलो धक्का पुगेको छ।

विप्लव समूहका स्थायी समिति सदस्य कर्णजित बुढाथोकी ले चिरन पुनलाई समेत छाड्दै नेकपा (माओवादी केन्द्र)–केन्द्रित नयाँ वाम एकता प्रक्रियामा जाने घोषणा गरेका छन्।

सबैभन्दा रोचक कुरा बुढाथोकी, चिरन पुन (मिलन सी)दुवैजनाको हस्ताक्षर ८ वाम दलबीच भएको एकता सहमति पत्रमा देखिएको छ।

यसरी दुई दिनको अन्तरालमै पहिले चिरन पुनले विप्लव समूह फुटाए, त्यसैको केही दिनमै बुढाथोकीले पुनः अर्को विभाजन गर्दै माओवादी केन्द्रतिर छिर्ने घोषणा गरे।

२ वर्षअघि कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) ले विप्लव समूहसँग एकता गरेको थियो।
त्यसपछि बुढाथोकी पार्टीको स्थायी समिति सदस्य चुनाव तयारी समिति प्रमुख बनेका थिए।

त्यही बुढाथोकी अहिले फेरि विप्लव छाडेर माओवादी केन्द्रतिरको नयाँ गठबन्धनमा गएका छन्।

निर्वाचन आयोगमा दल दर्ता गर्ने जसको नेतृत्वमा विप्लव समूहले समिति बनाएको थियो,त्यही कर्णजित बुढाथोकी अहिले समूह छाडेर गएको विप्लव समूहका लागि यो सबैभन्दा ठूलो प्रहार मानिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय