काठमाडौं । नेपालका वाम राजनीतिक दलहरू बीच लामो समयपछि फेरि एकता प्रक्रियाले तीव्रता लिएको छ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित ८ दलीय वाम घटकबीच एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने १८ बुँदे सहमतिमा हस्ताक्षर भएको छ।

आइतबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको कार्यदल बैठकले यो सहमति अन्तिम रुप दिएको हो।

यो सहमतिले संघीय गणतन्त्र जोगाउने, राष्ट्रिय स्वाधीनता बलियो बनाउने, सुशासन कायम गर्ने, सामाजिक न्याय दिने र आर्थिक–सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्ति पूरा गर्ने बृहत् कम्युनिस्ट एकताको ढोका खोलेको नेताहरूले बताएका छन् ।

सहमतिमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी जनसमाजवादी पार्टी, नेपाल), नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) गरी ८ दल सामेल छन् ।

आगामी कात्तिक १९ गते सबै घटकका केन्द्रीय समितिको संयुक्त भेला अर्थात् एकता राष्ट्रिय सम्मेलनबाट नयाँ पार्टीको घोषणा गरिनेछ । त्यही दिन घोषणापत्र, अन्तरिम विधान पारित हुनेछन् र केन्द्रीय समिति गठन हुनेछ । छ महिनाभित्रै एकता राष्ट्रिय महाधिवेशन पनि बोलाइने छ ।

नयाँ पार्टीले मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त बनाउनेछ भने नेपाली विशेषताको वैज्ञानिक समाजवादलाई कार्यक्रम बनाउनेछ । तत्कालका लागि पुँजीवादी जनवादी क्रान्तिका उपलब्धि जोगाउने, राष्ट्रिय स्वाधीनता संरक्षण गर्ने, सुशासन कायम गर्ने, सामाजिक न्याय दिने र आर्थिक समृद्धि ल्याउँदै समाजवादको आधार तयार पार्ने रणनीति अपनाइनेछ ।

आन्दोलन मुख्य रूपमा शान्तिपूर्ण रहनेछ तर आवश्यक परे सडक, संसद् र सरकार सबै मोर्चा प्रयोग गरिनेछ ।

केन्द्रीय समिति सहभागी सबै दलका पुराना केन्द्रीय समितिलाई समायोजन गरेर आपसी सहमतिमा गठन गरिनेछ । यसमा राजनीतिक समिति, सचिवालय र कार्य संयोजन समिति रहनेछन् । केन्द्रदेखि वडा तहसम्म संयोजक र सहसंयोजकको व्यवस्था हुनेछ ।

सबै तहका समिति र जनसंगठनमा इन्चार्ज तथा सहइन्चार्ज, संयोजक तथा सहसंयोजक सहभागी घटकबाटै राख्ने प्रयास गरिनेछ । कुनै पनि सदस्य दुई तहसम्म रहन सक्नेछन् । समितिहरू सामूहिक नेतृत्वमा जनवादी केन्द्रीयताका आधारमा सञ्चालन हुनेछन् ।

एकता घोषणापछि राजनीतिक प्रतिवेदन र कार्यक्रम तयार गर्न कार्यदल गठन गरिनेछ भने संगठनात्मक समायोजनका लागि पनि विभिन्न तहमा कार्यदल बन्नेछन् ।

केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा तह कार्यकारी रहनेछन् । संघ र प्रदेश निर्वाचन क्षेत्रमा समन्वय समिति तथा टोल र प्रारम्भिक तहमा संगठन समिति रहनेछन् ।

पार्टीको नाम अझै टुंगो लागेको छैन तर चुनाव चिन्ह पाँचकुने तारा हुने सहमति भएको छ । वैचारिक–राजनीतिक मतभेद भए निरन्तर छलफल गरेर महाधिवेशनमा टुंगो लगाइने छ । सबै काम सहमति र समझदारीमै गरिने नेताहरूले प्रतिबद्धता जनाएका छन् ।

कस–कसले गरे सहमति?

एकता प्रक्रियामा सामेल ८ दल—

नेकपा (माओवादी केन्द्र)

नेकपा (एकीकृत समाजवादी)

नेपाल समाजवादी पार्टी

नेकपा समाजवादी

जनसमाजवादी पार्टी, नेपाल

नेकपा (माओवादी समाजवादी)

नेकपा (साम्यवादी)

आगामी १९ गते यी पार्टीहरूबिच एकता घाेषणा गरिनेछ ।

पार्टीको मार्ग निर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुनेछ ।
नेपाली कान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ।
पार्टीको तात्कालिक कार्यनीति पुजिवादी जनवादी कान्तिका उपलब्धिको रक्षा राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गरिने छ ।
आन्दोलनको स्वरूप आन्दोलन मूलतः शान्तिपूर्ण हुनेछ। परिस्थिति अनुसार सडक, सदन र सरकार लगायत आवश्यकता अनुसारका सबै मोचाहरु आन्दोलनको मोर्चा हुनेछन् ।
पार्टीको एकता राष्ट्रिय सम्मेलन एकता प्रक्रियामा सहभागी सबै घटकहरूका केन्द्रीय समितिहरूको संयुक्त भेलाको रूपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना २०८२ कार्तिक १९ गते गरिने छ । एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठन लगायतका कार्यहरू गरिनेछ ।
एकता राष्ट्रिय महाधिवेशन आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिनेछ ।
केन्द्रीय समितिको गठन एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साविकका केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने छ ।
केन्द्रीय समिति भित्रको संरचना केन्द्रीय समिति, राजनीतिक समिति सचिवालय, कार्य संयोजन समिति हुनेछ ।
संयोजक र सहसंयोजक : केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद हुनेछ । प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरूमा पनि संयोजक र सहसंयोजक व्यवस्था हुनेछ ।
सहमति र समन्वय एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू, आयोजना, सङ्गठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिनेछ ।
सबै तहको पार्टी पङ्क्तिमा एकता समायोजन सबै तहका पार्टी समितिहरू र जनसङ्गठनहरूमा इन्चार्ज तथा सहइन्चार्ज र संयोजक तथा सहसंयोजकहरु सम्भव भएसम्म एकतामा सहभागी घटकहरूबाट रहने व्यवस्था गरिने छ ।
दुई तहमा रहन सक्ने कुनै पनि सदस्यहरू दुई तहको समितिमा रहन सक्ने छन् ।
पार्टी समितिहरूको सञ्चालन पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रियताको सिद्धान्त अनुरूप हुने छ ।
राजनीतिक प्रतिवेदन र कार्यक्रम पार्टी एकता घोषणापश्चात् राजनीतिक प्रतिवेदन कार्यक्रम लगायतका दस्ताबेजहरू निर्माण गर्न कार्यदल गठन गरिने छ ।
सङ्गठनात्मक समायोजन पार्टी समितिहरू र जनसङ्गठनहरूमा सङ्गठनात्मक एकता र समायोजनका लागि विभिन्न तहमा कार्यदल गठन गरिनेछ ।
पार्टीको तहगत कार्यकारी समितिहरु: केन्द्र, भौगोलिक र गैरभौगोलिक दुवै तर्फका प्रदेश, जिल्ला, पालिका र वडा तह कार्यकारी हुनेछन्। सङ्घ र प्रदेश निर्वाचन क्षेत्रमा समन्वय समिति हुने र टोल तथा प्रारम्भिक स्तरका समितिहरू सङ्गठन समितिको रूपमा रहने छन् । रहने र चुनाव चिन्ह पाँचकुने तारा हुने छ ।
पार्टीको नाम र चुनाव चिन्ह : पार्टीको नाम
मतभेद समाधान वैचारिक राजनीतिक विषयमा एकआपसमा रहन सक्ने मतहरूबारे निरन्तर छलफल गर्दै जाने र एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुर्‍याइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय