झापाको शिवसताक्षी–१० निवासी ३३ वर्षीय सरोज शर्मा हत्या प्रकरणमा नयाँ तथ्य खुलेका छन्। मृतक र मुख्य अभियुक्त सुनिल साहबीच केही समयदेखि सुन खरिद–बिक्री सम्बन्धी कुरा चलिरहेको भए पनि, साह भने उल्टै शर्माको पैसा लुट्ने र अपहरण गरी ठूलो फिरौती असुल्ने योजनामा रहेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार, एक महिनादेखि योजनाबद्ध रूपमा शर्मा हत्या गर्ने तयारी भएको थियो।
कात्तिक ९ गते, साँझ ५:३० बजे
सुन देखाउने बहानामा सुनिल साह र उनका भान्जा राहुल साहले सरोजलाई अर्जुनधारा–४, दहिझोडा सामुदायिक वनमा लगे।
त्यहाँ पुग्नेबित्तिकै ह्याम्मर (हथौडा) ले टाउकोमा बारम्बार प्रहार गरी त्यहीँ हत्या गरिएको प्रहरीले जनाएको छ।
हत्या पुष्टि भएपछि अभियुक्तहरूले— मृतककै गाडीमा शव राखे, भारतीय नागरिकको सहयोगमा तीन जनाले मिलेर झापा गाउँपालिका–५, बिरीङ खोलाको पुलमुनी शवलाई गाडेर पुरियो।
शव कात्तिक १५ गते बिहान जमिनमुनि गाडिएको अवस्थामा भेटियो। पोस्टमार्टमका लागि शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।
मृतकको गाडी कात्तिक १३ गते मेचीनगर–१३ को निचाझोडा जंगलमा जलिरहेको अवस्थामा भेटियो।
त्यसको नजिकै सुनिल साहको चप्पल भेटियो यही प्रमाण हत्या अनुसन्धानको मोड बदल्ने मोड turning point बन्यो।
त्यसपछि मोबाइल लोकेशन सीसीटीभी विश्लेषण टेक्निकल ट्र्याकिङ मार्फत विशेष टोलीले दुवैलाई पक्राउ गर्यो।
पक्राउ परेकाहरू
सुनिल साह — विराटनगरको सीमा नजिक रानीबाट
राहुल साह — आफ्नै घरबाट
प्रहरीका अनुसार घटनामा एक भारतीय नागरिक पनि संलग्न छन्।
उनको पहिचान भइसकेको र
नेपाल–भारत सीमा क्षेत्रमा तीव्र खोजी भइरहेको छ।






