झापाको शिवसताक्षी नगरपालिका–१० मा ३३ वर्षीय सरोज शर्मा हत्या घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापामा आइतवार आयोजित पत्रकार सम्मेलनमा घटना बारे जानकारी दिइयो।

पक्राउ परेका अभियुक्त

सुनिल साह (२७)

राहुल साह (२३) – सुनिलका भान्जा

प्रहरीका अनुसार हत्या घटनामा अर्का एक भारतीय नागरिक पनि संलग्न छन्, जो हाल फरार रहेको र खोजी कार्य भइरहेको छ।

घटनाको पृष्ठभूमि

शर्मा काठमाडौं बस्दै आएका थिए र सस्तोमा सुन पाएर काठमाडौंमा बेच्ने वा चिनेजानेकालाई दिने योजना बनाएर सुनिलसँग छलफल गरेका थिए।

सुनिल र राहुलले एक महिना अघि नै शर्मा संग भएको पैसा लुट्ने योजना बनाएका थिए।

हत्याको विवरण

कात्तिक ९ गते, सुनिलले भारतबाट ल्याएको सुन देखाउन भन्दै शर्मा लाई अर्जुनधारा–४, दहिझोडा सामुदायिक वन मा लगे।

त्यहाँ उनीहरूले हथौडा प्रयोग गरी शर्मा मार्ने काम गरे।

हत्या पछि शर्माको गाडी (बा.प्र.०१–३० च ७१९४) प्रयोग गरी शवलाई झापा गाउँपालिका–५, हुलाकी मार्ग, बिरिङ खोलाको पुलमुनि गाडियो।

शर्मा हराएपछि परिवारले प्रहरीलाई जानकारी गराए।

उनका गाडी कात्तिक १३ गते, मेचीनगर–१३, निचाझोडा सिमसार क्षेत्रमा जलिरहेको अवस्थामा फेला पर्यो।

शव कात्तिक १५ राति १ बजे, बिरिङ खोलाको पुलमुनि फेला परेको थियो।

सुनिललाई विराटनगर महानगरपालिकाको सिमावर्ती क्षेत्र रानी बाट कोशी प्रदेश प्रहरी कार्यालयको टोलीले पक्राउ गर्‍यो।

राहुललाई निजको घरबाट नियन्त्रणमा लिइयो।

दुवै अभियुक्तले अपराध स्वीकार गरेका छन्।

प्रहरीले अपहरण, शरीर बन्धक, आपराधिक प्रवेश, आपराधिक उपद्रव र कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत झापाबाट ७ दिनको अनुसन्धान म्याद लिएर अनुसन्धान सुरु गरेको छ।

शव पोष्टमार्टमका लागि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय