काठमाडौं।
गायिका एलिना चौहान अमेरिकाबाट फर्किएपछि विवादको केन्द्रमा परेकी छन्। फ्लाई नेपा ट्राभल्सले एलिनालाई अनावश्यक अफवाह नफैलाउन र कानुनी बाटो अपनाउन अनुरोध गरेको छ।
आयोजकका अनुसार, एलिनाले “अब गाउँछ अमेरिका” कार्यक्रममा सहकार्य गरिरहँदा करार विपरीत अन्य संस्थाबाट रकम लिएर कार्यक्रम गरेपछि बाँकी कार्यक्रम रद्द गर्नु परेको हो।
फ्लाई नेपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ—
“कलाकार पक्षले करारका दायित्व पूरा गर्नुपर्छ, र आयोजकले पनि सेवा सुविधा उपलब्ध गराउनुपर्छ। असन्तुष्ट भए कानुनी माध्यम अपनाउन एलिनालाई अनुरोध गरिएको छ।”
एलिनाले भने आयोजकले उनलाई नोकरझैं व्यवहार गरेको र टिकटको २० प्रतिशत मात्र दिएको आरोप लगाएकी छन्। तर आयोजकले यसलाई अफवाह भएको बताएका छन्।
बीचमा एलिनाले न्युयोर्कस्थित राप्ती सेवा समाजको कार्यक्रममा निजी तवरबाट सहभागी भई २५०० डलर लिएको रिसिप सार्वजनिक गरेपछि आयोजकसँग मनमुटाव बढेको थियो।
फ्लाई नेपाका सञ्चालक विनोद अधिकारी का अनुसार विवादको समाधान कानुनी र व्यवस्थित माध्यमबाट गर्नु नै उचित हुने देखिन्छ।






