मोरङ ।
मोरङको रंगेलीमा एक महिलाले तातो पन्यू तताई पुरुषको लिङ्ग र मुखमा डामेर गम्भीर घाइते बनाएको घटना बाहिरिएको छ। आरोपी महिला हाल फरार छन् भने घाइते पुरुष अस्पतालमा उपचाररत छन्।

घटना आज बिहान ४ बजे भएको हो। रंगेली नगरपालिका–८ माझीटोलकी ३० वर्षीया सन्तोषी माझीले धनपालथान गाउँपालिका–४ कर्सियाका ३८ वर्षीय चन्दन पासवानलाई झोपडाभित्रै तातो पन्यूले डामेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चन्दन पासवान बेलाबेलामा सन्तोषी माझीको कोठामा बस्दै आएका थिए। गएराति पनि उनी कोठामा आए, खाना खाए, र सुतिरहेका क्रममा महिलाले तातो पन्यू तताई लिङ्ग र मुखमा एकास्मै डामेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

आक्रमणपछि पासवान भने गम्भीर घाइते अवस्थामै उठेर बाहिर निस्केका थिए।

छिमेकीको सहयोगमा चन्दन पासवानलाई तत्कालै नोबेल शिक्षण अस्पताल, विराटनगर पुर्याइएको हो।
अस्पतालमा खटिएको प्रहरी टोलीका अनुसार— लिङ्गमा गम्भीर डामिएको घाउ, मुख र अनुहारको भाग समेत डामिएको छ।

प्रहरीका अनुसार, पासवान अहिले चिकित्सकीय निगरानीमै छन्।

अस्पतालबाट घटनाको जानकारी आएपछि वडा प्रहरी कार्यालय हाटखोला बाट टोली घटनास्थलतर्फ खटिएको थियो।

तर सन्तोषी माझी घटना भएपछि घरबाट फरार रहेकी छन्। उनको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय