काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) शनिबार मध्यरात सामाजिक सञ्जालमा राखेको विवादित स्टाटसका कारण चर्चामा आइरहेका बेला, अब अर्को नयाँ चर्चा सुरु भएको छ— “बालेनसँगको च्याट” भन्दै भाइरल बनाइएको स्क्रिनशट।

यस स्क्रिनशटमा एउटा प्रयोगकर्ताले बालेनलाई ‘जति पोस्ट गर्‍याे ?’ भनेर सोधेपछि बालेनले “अलिकति पिएको थिएँ, झ्याप भएर लेखिएछ, डिलिट गरिदिएँ” भनेर जवाफ दिएको देखाइन्छ।

तर फ्याक्ट–चेकपछि स्पष्ट भयो— यो च्याट वास्तविक होइन, कृत्रिमरूपले एडिट गरेर बनाइएको हो।

कसरी फैलियो नक्कली स्क्रिनशट ?

सबभन्दा पहिले उक्त स्क्रिनशट एमाले नेता र पूर्वसांसद सूर्य थापाले आफ्नो फेसबुकमा पोस्ट गरे।त्यसपछि विभिन्न राजनीतिक बृत्त, सार्वजनिक व्यक्तित्व र सयौँ सामान्य प्रयोगकर्ताले आफूले बालेनसँग गरेको च्याट बताइदिन उक्त स्क्रिनशट शेयर गर्न थाले।

कसैले लेखे—
“यो पोस्ट delete गर्नु अघि बालेनसँगको कुराकानी।”

कसैले भने—
“मैले सचेत गराएर डिलिट गराएको हो।”

तर सबै स्क्रिनशट उस्तै, संवाद उस्तै, र प्रस्तुतीकरण पनि उस्तै देखिन थालेपछि शंका बलियो बन्यो।

फ्याक्ट–चेक

फ्याक्ट–चेक गर्दा ५ वटा प्राविधिक प्रमाण पत्ता लागे :

१) मेसेन्जरमा प्रोफाइल नाम र भेरिफाइड टिक च्याटबक्समा देखिँदैन

फेसबुक मेसेन्जरमा कुनै पनि व्यक्तिसँग च्याट गर्दा

च्याटबक्सको छेउमा प्रोफाइल फोटो देखिन्छ

तर नाम र ब्लू टिक कहिल्यै देखिँदैन।
भाइरल स्क्रिनशटमा भने च्याटबक्सलाई छुनुजस्तै गरी नाम + ब्लू टिक राखिएको छ, जुन असम्भव छ।

२) च्याटबक्स र प्रोफाइल आइकनको डिजाइन वास्तविक मेसेन्जरसँग मेल खाँदैन

स्क्रिनशटलाई जुम गर्दा

च्याटबक्स र फोटो आइकनको आकार, दूरी, छायाँ, र एलाइनमेन्ट—सबै अनियमित छन्

जुन फोटो एडिटिङ टुलबाट बनेको प्रत्यक्ष प्रमाण हो।

३) संवाद शैली वास्तविक ‘बालेन शैली’ जस्तै छैन

बालेन सामान्यतया

छोटो वाक्य

ठाडो अभिव्यक्ति

आधिकारिक स्वर
मा कुरा गर्छन्।

तर भाइरल च्याटको भाषा

अति सामान्य,

अत्यधिक कनेक्सन भयो भने मात्रै प्रयोग हुने ‘bro… yar… jhyap’
जस्ता शब्दले
जबरजस्ती नक्कली बनाएको देखिन्छ।

४) त्यो संवाद वास्तवमा ‘सामान्य च्याट’ हो, जसमा पछि बालेनको प्रोफाइल जोडिएको छ

फ्याक्ट–चेक टीमले उही प्रकारको संवाद अन्य प्रयोगकर्ताहरूको च्याट हिस्ट्रीमा भेट्यो।
पछि मात्र

बालेनको नाम

ब्लू टिक

प्रोफाइल फोटो
च्याटबक्सको छेउमा राखेर फोटो एडिट गरिएको पुष्टि भयो।

५) कुनै प्रयोगकर्ताले वास्तविक च्याटको ‘एक–सेकेण्ड फरक’ स्क्रिनशट देखाउन सकेनन्

सबै स्क्रिनशट

एकै मिनेट

एकै लाइन

एकै शब्द
मा देखिनुले उनीहरूले उही एडिटेड स्क्रिनशट मात्र कपी–पेस्ट गरेको प्रमाणित हुन्छ।

कसले बनायो ? किन बनायो ?

फ्याक्ट–चेकमा भने यो नक्कली स्क्रिनशट कोले बनायो भन्ने पहिचान खुलेको छैन।

स्टाटसले विवाद बढेरै थियो।
त्यसलाई थप ठूलो बनाउने प्रयासमा—
“बालेन नशामा थिए”
भन्ने न्यारेटिभ बनाउन एडिटेड स्क्रिनशट तयार गरियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय