प्रिय बालेन दाइ,

तपाईँलाई समर्थन गर्ने लाखौँ युवाहरूको प्रतिनिधि भएर यो पत्र लेख्दैछु।
आज म धेरै भावनासँग, तर त्यत्तिकै ठूलो अपेक्षासँग तपाईँलाई सम्बोधन गर्न चाहन्छु।

बालेन दाइ,
जेन–जी आन्दोलनपछि यो देशले एउटा नयाँ आशा बोकेको थियो—
युवाहरूले गलैँचा ओछ्याएर होइन, ज्यान फालेरे नयाँ नेतृत्व खोजिरहेका थिए।
त्यो नेतृत्वका केंद्रबिन्दु तपाईँ नै हुनुहुन्थ्यो।

सडकमा बगेको रगत, युवाहरूको टुटेको पसल, घाइते शरीर र तातो आँसुबीच
जुन शक्तिले जनतालाई एकताबद्ध गरायो—
त्यो शक्ति तपाईँले जन्माएको विद्रोही आत्मविश्वास हो।

हामीले पहिलोपटक महसुस गर्‍यौँ—
“कसैले आएर देश चलाइदिन्छ” भन्ने होइन,
“हामी आफैँ उठेर देश परिवर्तन गर्छौँ।”
यो भावना जगाउने व्यक्तिको नाम थियो — बालेन शाह।

तपाईँले गरेका काठमाडौंको सडकमा सुधारको गति
नक्सा पास माफियालाई चुनौती
फोहोर व्यवस्थापन
बाटो कब्जा, अवैध संरचना, माफिया सिन्डिकेटमाथिको नियन्त्रण
सहरलाई आधुनिक बनाउने दृष्टि
साना–साना कामलाई पनि परिणाममै ध्यान दिने तपाईँको तरिका

यी सबैले युवाहरूमा यस्तो ऊर्जा भरिदियो कि—
दशकौँसम्म नेताले गर्न नसकेको काम एक व्यक्तिले पनि गर्न सकिन्छ भन्ने प्रमाण बन्यो।

तपाईँ हाम्रो मनको धड्कन धड्काउने नेता बनिसक्नुभएको छ।
हामीको आवाज, हाम्रो आन्दोलन, हाम्रो सपना—सबैको केन्द्र तपाईँ नै हुनुहुन्छ।

तर दाइ…

जताततै समर्थनले घेरिएको,
हजारौँ मान्छे “हामी बलेनसँग छौँ” भन्दै उभिएको
यही क्षणमा मैले सबैभन्दा डराएको कुरा के हो थाहा छ ?

तपाईँले कुनै यस्तो गल्ती नगरिदिनुहोस्, जसले तपाईँको छविमा मात्र होइन,
हामी सबैको विश्वासमा चोट पुर्‍याओस्।

देशले तपाईँलाई नेता होइन—
विकल्प को रूपमा देखेको छ।
विकल्पसँग गल्ती गर्ने छुट हुँदैन।
विकल्प चुँडियो भने फेरि दशकौँसम्म बदबासियुक्त राजनीति नै दोहोरिन्छ।

हामीले बलेनलाई मात्र मेयर होइन,
भविष्को राष्ट्रिय नेतृत्व का रूपमा हेर्न थालेका छौँ।

हामी तपाईँसँग छौँ—तर अन्ध समर्थनमा छैनौँ

हामी जेन–जीले ज्यान दियो,
हामीले सडकमा उभियौँ,
तपाईँको नाममा नारा लगाएौँ,
तपाईँलाई बचाउन, ढाक्न, उचाल्न हजारौँ युवा आइलाग्न तयार छन्—

तर दाइ,
हामी कडा सत्य पनि भन्छौँ—
तपाईँलाई गलत गर्न एक प्रतिशत छुट पनि छैन।

कसैलाई गाली गर्ने,
भावनामा बगेर अनियन्त्रित स्टाटस लेख्ने,
आफैँलाई कमजोर देखाउने
जस्ता व्यवहारले तपाईँलाई होइन—
हामी सबैलाई चोट पुर्‍याउँछ।

तपाईँको एउटा शब्दले आन्दोलन उठ्छ,
र एउटा गलत प्रतिक्रिया ले आन्दोलन भत्किन सक्छ—
यही हो नेतृत्वको जिम्मेवारी।

हाम्रो आग्रह

बलेन दाइ, भावनामा होइन, दिशामा ध्यान दिनुहोस्।
विरोध गर्नेहरूलाई होइन, तपाईंलाई हेर्ने लाखौँ युवाहरूलाई सम्झनुहोस्।
हामी तपाईँमा भरोसा राखेर लडिरहेका छौँ—
त्यस भरोसालाई कहिल्यै कमजोर पार्न नदिनुहोस्।

अन्त्यमा

देशले धेरै नेता देख्यो,
तर बलेनजस्ता सम्भावना कमै देख्यो।
आज तपाईँ एउटा नाम होइन—
एक आशा, एक अभियान, एक संकेत बनिसक्नुभएको छ।

हामी साथमा छौँ,
तर तपाईँले पनि आफ्नो कुदिरहेको बाटो
कहिल्यै मोडिनु हुँदैन।

देश बदल्ने युद्ध अझै बाँकी छ—
तर त्यो युद्ध जित्न
पहिले आफूलाई जित्नुपर्छ।

सधैँ आशावादी,
तपाईँलाई विश्वास गर्ने
एक जेन–जी समर्थक।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय