पाँच दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन आजदेखि फेरि सुचारु भएको छ। सहरी विकासमन्त्री कुलमान घिसिङ स्वयं बञ्चरेडाँडा पुगेर स्थानीयका माग १५ दिनभित्र पूरा गर्ने-प्रतिवद्धता जनाएपछि स्थानीयवासीले फोहोर फाल्न अनुमति दिएका हुन्।

मन्त्री घिसिङ बिहानै बञ्चरेडाँडा पुगे

फोहोर व्यवस्थापन अवरुद्ध भएपछि आइतबार बिहान मन्त्री घिसिङ ककनी–३ स्थित ल्याण्डफिल्ड साइट पुगेका थिए।

उनले स्थानीयहरू, जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गर्दै भने—

“हालसम्मका सम्झौता १५ दिनभित्र पूरा गर्छौँ। त्यसपछि मात्र फोहोर रोक्ने बारे सोच्नुस्, अहिले रोकिदिनुहोस्।”

उनको अश्वासनपछि रोकिएको सयौँ गाडीको फोहोर फाल्ने कार्य तुरुन्तै सुरु भयो।

१८ बुँदे सम्झौतामा बेवास्ता भएको भन्दै स्थानीय आन्दोलित

२०७९ जेठ २६ गते संघीय सरकार र काठमाडौँ महानगरबीच भएको १८ बुँदे सहमति कार्यान्वयन नहुँदा स्थानीयहरूले गत चार दिनदेखि फोहोर रोकेका थिए।

ककनी–३ का वडाध्यक्ष घननाथ बजगाईँ भन्छन्—

“मन्त्रीज्यूले १५ दिनभित्र माग पूरा गर्ने आश्वासन दिए। हामीले फेरि फोहोर फाल्न दिएका छौँ।”

१५० भन्दा बढी गाडी दैनिक बञ्चरेडाँडा पुग्थे

काठमाडौँ, ललितपुर, कागेश्वरी मनोहरा, तारकेश्वरसहित उपत्यकाका स्थानीय तहबाट दैनिक १५० भन्दा बढी फोहोरका गाडी बञ्चरेडाँडा पुग्छन्।

फोहोर रोकिँदा राजधानीका सडक र बस्तीमा दुर्गन्ध, फोहोर थुप्रिने समस्या गम्भीर भएको थियो।

शुक्रबारको मन्त्रालय–स्तरीय छलफल निष्कर्षविहीन

शुक्रबार सहरी विकास मन्त्रालयमा भएको छलफल निष्कर्षमा नपुगेपछि मन्त्री घिसिङ आज स्वयम् स्थानमै पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय