बुटवल। बुटवलको मिलन चोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एन्ड लजमा शनिबार दिउँसो एक पुरुषको रहस्यमय मृत्यु भएको छ। मृतक ५६ वर्षीय सतिशकुमार क्षेत्री बुटवल–६ चाँदबारीका हुन्।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिएअनुसार, क्षेत्री विवाहित महिलासहित होटलमा आएका थिए। उनीहरूको साथमा दुई बच्चा पनि थिए। प्रहरीका अनुसार महिलाको श्रीमान् वैदेशिक रोजगारीमा बाहिर रहेका छन्।
प्रहरीका अनुसार, उनीहरूले होटलको फरक तलामा दुई कोठा बुक गरेर, एउटै प्रकारले खाजा खाएका थिए, त्यसपछि क्षेत्री अचानक बेहोस भए। उनको सोही दिन लुम्बिनी प्रादेशिक अस्पताल पु¥याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरे।
रानाले भने,
“शवमा कुनै बाहिरी चोटपटक देखिएको छैन। पोस्टमार्टम रिपोर्ट नआएसम्म मृत्युको वास्तविक कारण भन्न गाह्रो छ।”
प्रहरीले मृतकसँगै रहेकी महिलालाई सोधपुछका लागि नियन्त्रणमा राखेको छ। प्रारम्भिक अनुसन्धानले होटलको माथिल्लो तलामा सँगै बसेर मासु र मदिरा सेवन गरेको खुलासा गरेको छ।
होटल व्यवस्थापन र प्रहरी स्रोतका अनुसार, घटनाको विस्तृत अनुसन्धान र पोस्टमार्टम रिपोर्टको प्रतिक्षा भइरहेको छ।
यो घटनाले बुटवलमा होटल सुरक्षा र पारिवारिक रहस्यको विषयमा प्रश्न खडा गरेको छ।






