काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहमाथि आक्रामक टिप्पणी गर्दै अब उनी जनता झुकाउन असमर्थ भएको बताएका छन्।

बस्नेतले शनिवार राति बालेन साहले आफ्नो फेसबुकमा राखेको स्टाटसलाई उद्धृत गर्दै आइतबार आफ्नो सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।

उनले लेखेका छन्,

“हिजो राति बालेन शाहले लेखेर तुरुन्तै हटाएको स्टाटसले त उनी वास्तवमै कस्ता स्तरका हुन् भन्ने कुरा स्पष्ट रूपमा बाहिर आएको छ।”

बस्नेतले थपे, “तीन वर्षअघि मैले बालेन साहको हैसियत र यथार्थबारे टिप्पणी गर्दा गाली गर्नेहरू अहिले आफूलाई गलत सावित भएको ठान्छन्।”

उनको विश्लेषण अनुसार,

थोरै मान्छेलाई धेरै समयसम्म, धेरै मान्छेलाई थोरै समयका लागि मात्र झुक्काउन सकिन्छ।

तर, सबैलाई सधैं झुक्काउन सकिँदैन,

र अब बालेन साहले जनता झुकाउने दिन सकिएको बस्नेतको तर्क छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय