काठमाडौं ।
माइतीघर मण्डलामा आइतबार दिउँसो २ बजे सरकारविरुद्ध प्रदर्शन गर्ने घोषणा गरेका अभियन्ता निकोलस भुसाललाई पक्राउ गर्ने तयारी गरिएको छ ।

आइतबार बिहानैदेखि महानगरीय प्रहरीका विभिन्न टोली उनको खोजीमा खटिएको छ।

प्रहरीले उनको डेरामा पुग्दा— ढोका बाहिरबाटै साँचो हालिएको पाइएको, मोबाइल अफ, छिमेकीले पनि हिजो रातिदेखि नदेखिएको बताएका छन्।

पारिवारिक सम्पर्कमा खोज्दा निकोलसका नातेदारले पनि “उनी हाम्रो सम्पर्कमा छैनन्” भनेर प्रहरीलाई जानकारी दिएका छन्।

एक उच्च प्रहरी स्रोतका अनुसार निकोलसलाई भेटेपछि पक्राउ गरेर जेल होइन, सीधा रिह्याब सेन्टर पठाउने तयारी प्रहरीले गरेको छ।

उनी यसअघि पनि पक्राउ पर्दा गाँजा सेवन गरेको प्रमाणित भइसकेको र पछिल्लो घटना पनि “नशाको तालमा गरिएको आवेगपूर्ण आह्वान” भएको अनुमान गरिएको छ ।

प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले भने,“माइतीघरमा आइतबार कुनै प्रदर्शनका लागि अनुमति लिइएको छैन। अनुमति बिना कार्यक्रम गरे कुनै हालतमा हामी रोक्छौँ।”

यसबीच, निकोलसले विरोध प्रदर्शनको घोषणा गरेसँगै एमाले–सम्बद्ध युवा संघले उनीविरुद्ध प्रतिकारका तयारीमा रहेको स्रोतले जनाएको छ।

यसरी दुई समूह आमनेसामने आउनसक्ने अवस्थाले मुठभेडको जोखिम बढेपछि निकोलसलाई खोजी तीव्र भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय