काठमाडौं ।
नेपालमा आइतबार सुनको भाउ फेरि बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढेर २ लाख ३९ हजार ७ सय रुपैयाँ पुगेको छ।
अघिल्लो दिन शुक्रबार सुन २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो। लगातार वृद्धि भइरहेका कारण सुनको मूल्य नयाँ उचाइतर्फ उक्लिरहेको महासंघले जनाएको छ।
शुक्रबार ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार ५५ रुपैयाँमा झरेको छ।
बजारमा सुन बढ्दा चाँदी घट्नु पछिल्लो समय सामान्य भइसकेको व्यवसायीहरू बताउँछन्।





